Trending
Prev Story
Next Story

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

Onlinekhabar •
November 11, 2026 • 07:00 AM
1
1 reads 0 reactions

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिकांश घरका ढोकामा ताल्चा …

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिकांश घरका ढोकामा ताल्चा झुण्डिएका छन् । आँगन सुनसान छन् ।

घरमै भएकाहरूको मनमा पनि तिहारको उमंग छैन । उनीहरूलाई एउटै चिन्ता छ– बिहान–बेलुका चुलो कसरी बाल्ने ?

चाडपर्वका बेला झन् मन भारी हुने गरेको बस्तीकी चन्द्रा सुनार बताउँछिन् । उनको नाममा एक कट्ठा पनि जमिन छैन । काखमा दुई साना छोराछोरी छन् ।

गाउँघरमा अरूका छोराछोरीले नयाँ लुगा लगाएको देखेपछि उनका छोराछोरी पनि लुगा किनिदिन जिद्दी गर्छन् । तर चामल किन्ने पैसासमेत नभएको उनी बताउँछिन् । ‘काम खोजौं भने गाउँमा ज्याला मजदुरी पाइँदैन । खानलाउनै नपुगेपछि केको तिहार मनाउनु ? बालबच्चा नयाँ कपडा भन्छन्, मसँग अन्न छैन’, चन्द्रा भन्छिन्, ‘तिहार सकिनेबित्तिकै काम खोज्न भारत जान्छु ।’

निगालीमा इँटाले बनेका पक्की घर पनि छन् । तर, ती घरभित्र मान्छे भेटाउन मुस्किल पर्छ । स्थानीय रत्ना औजीका अनुसार एक–दुई कट्ठा जमिनले वर्षभरि खान पुग्दैन । त्यसैले पेट पाल्नकै लागि धेरैजसो घरमा ताल्चा लगाएर परिवारका सदस्य भारत गएका छन् ।

रत्नाका दुई छोरा पनि भारतमै छन् । जेठा छोरा पुष्कर मुम्बईमा काम गर्छन् भने कान्छा अजय काम छुटेपछि दिदीको घरमा बसिरहेका छन् । घरमा सन्तान नभएपछि रत्ना पनि कहिले एउटी छोरी त कहिले अर्की छोरीको घरमा पाहुना जसरी दिन काटिरहेकी छन् ।

चाडबाडमा सबैजना सँगै बसेर रमाउने रहर भए पनि गरिबीले परिवारका सदस्यलाई अलग्याएको उनी बताउँछिन् ।

बस्तीकी ६० वर्षीया जवा सुनारको पीडा झन् दर्दनाक छ । उनका चार छोरामध्ये एक जनाको भारतको पिथौरागढमा काम गर्ने क्रममा मृत्यु भयो । अर्का छोरा सीताराम बेपत्ता भएको ३० वर्ष भइसक्यो, अहिलेसम्म उनको अत्तोपत्तो छैन । घरमा रहेका अरू दुई छोराको आर्थिक अवस्था पनि नाजुक छ ।

केही वर्षअघि दुर्घटनामा परेर खुट्टा भाँचिएपछि जवा राम्रोसँग टेक्न सक्दिनन् । तैपनि सकिनसकी गाउँ डुलेर कसैले दिएको अन्नका भरमा उनको छाक टरिरहेको छ । ‘भत्ताको पैसा तिहारअघि नै आएको भए अलिकति सजिलो हुन्थ्यो । यसपालि त त्यो पनि पाइएन’, उनी भन्छिन् ।

पुष्पा सुनारको पीडा पनि उस्तै छ । जेठा छोरा भारत गएको एक वर्ष भइसक्यो । उनी चाडबाडमा पनि घर फर्किन सकेनन् ।

सक्नेहरूका लागि तिहार खुसी र उमंग लिएर आएको छ । तर निगालीका बासिन्दाका लागि भने यो चाड खाली पेट र एक्लोपनको भारी बनेर आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिका...

#तिहार #कञ्चनपुर #निगाली
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#तिहार #खोस्यो
Compare →
Arthasansar
16h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →

Related Stories

World News
Build #2611