Trending
Prev Story
Next Story

लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

Ekantipur •
November 08, 2026 • 02:31 PM
1
1 reads 0 reactions

पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको साँझ विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

काठमाडौं — यस वर्षको तिहार (लक्ष्मीपूजा)को साँझ राष्ट्रिय ग्रिडमा बिजुलीको पिक डिमान्ड (उच्चतम माग) १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक डिमान्ड १ हजार ७ सय मेगावाट हाराहारी पुग्ने अनुमान गरे पनि वास्तविक बिजुली खपत प्रक्षेपणभन्दा करिब १ सय १३ मेगावाट बढी भएको जनाएको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) को तथ्यांकअनुसार लक्ष्मीपूजाको साँझ कुल पिक लोड (सिस्टम पिक लोड) २ हजार ४ सय दशमलव ३० मेगावाट पुगेको थियो । सोही समयमा काठमाडौं उपत्यकाको अधिकतम माग करिब ४८९ दशमलव ५० मेगावाट पुगेको भार प्रेषण केन्द्रले जनाएको छ ।

आन्तरिक माग ह्वात्तै बढे पनि मुलुकभित्रै पर्याप्त विद्युत् उत्पादन भएकाले विद्युत् आपूर्ति पूर्ण रूपमा सहज र निरन्तर रह्यो । प्रणालीमा उपलब्ध कुल २ हजार ४ सय दशमलव ३० मेगावाट उत्पादनमध्ये आन्तरिक खपत १ हजार ८१३ मेगावाट भई बचत भएको ५८७ दशमलव ३० मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

पिक आवरमा प्रणालीमा कुनै पनि किसिमको अवरोध वा ट्रिपिङ नभई देशैभर विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु रहेको प्राधिकरणले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत-प्राधिकरण #विद्युत् #मेगावाट
Compare →
Hamro Patro News
4d ago
लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात

काठमाडौँ : यस वर्षको लक्ष्मीपूजाको दिन नेपालमा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्दै ५८७ मेगावाट विद्युत् भारत निर्यातसमेत गरेको जनाए...

#विद्युत-प्राधिकरण #विद्युत् #मेगावाट
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजाको साँझ १८ सय १३ मेगावाट विद्युत् खपत, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

२२ कात्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन अहिले साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम …

#विद्युत-प्राधिकरण #विद्युत् #मेगावाट
Compare →
Nagarik News
5d ago
लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यात

लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यात

यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्‌को पिक डिमान्ड एक हजार ८१३ मेगावाट पुगेको छ।

#विद्युत् #मेगावाट #लक्ष्मीपूजा
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

काठमाण्डौ । लक्ष्मीपूजाका लागि आज साँझ देशभर एकैपटक झिलिमिली बत्ती बालिँदा विद्युत्को अधिकतम माग करिब १ हजार ७००...

#मेगावाट #लक्ष्मीपूजा
Compare →

Related Stories

Business & Economy
Build #2611