Trending
Prev Story
Next Story

एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

Onlinekhabar •
November 08, 2026 • 02:00 PM
1
1 reads 0 reactions

आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय …

एक दिन होइन, सधैँभरि माया र सम्मान : गोल्याण फाउन्डेसनले कुकुरका लागि थाल्यो नयाँ अभियान

आज सबैतिर धुमधामसँग कुकुर पूजा गरिरहँदा नयाँ बानेश्वरको परिदृश्य भने केही फरक देखियो । त्यहाँ कुकुरलाई फूलमालाले पूजा गर्ने र मीठोमसिनो खानेकुरा दिने विधि मात्र भइरहेको थिएन । बरु यी अबोध प्राणीहरूको हितमा एउटा अनुकरणीय उद्घोष हुँदै थियो ।

कार्यक्रम थियो, कुकुरप्रति समभाव जगाउन विशेष परियोजनाको तयारी । त्यहाँ एक दिन कुकुरको पूजाआजा गर्ने परम्परालाई वर्षभरि नै माया, करुणा र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने अभियानको थालनी भएको थियो । यो अभियान काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित छक्कुबक्कु टोलबाट शनिबार सुरु गरिएको हो ।

यसको अवधारणा र अगुवाइ गोल्याण फाउन्डेसनले गरिरहेको थियो । अभियानबाट सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षासँगै पशुजन्य रोगको जोखिम न्यूनीकरण तथा मानव र जनावरबीचको सहअस्तित्व प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

गोल्याण फाउन्डेसनका अनुसार प्रारम्भिक चरणमा तीन महिनाको पाइलट परियोजनाका रूपमा अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत सामुदायिक कुकुरलाई पौष्टिक खाना खुवाउने, आवश्यक खोप लगाउने र तिनीहरूको स्वास्थ्य तथा संरक्षणबारे जनचेतना अभिवृद्धि गरिनेछ ।

साथै, यस पाइलट परियोजनाको अवधिभर सामुदायिक कुकुरहरूको वास्तविक तथ्याङ्क, तिनीहरूको स्वास्थ्य अवस्था, व्यवस्थापनमा लाग्ने लागत र स्थानीय सहकार्यको प्रभावकारिता परीक्षण गरी अध्ययन गरिनेछ । यसरी प्राप्त तथ्याङ्कका आधारमा भविष्यमा यस्ता अभियानलाई दिगो र वैज्ञानिक बनाउने ठोस ढाँचा तयार गरिने फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले मान्छेको असल साथी र समुदायको सुरक्षा पहरेदार रहेका कुकुरप्रतिको सम्मानमा मानवीयता झल्किएको बताइन् ।

‘यो अभियान सुरु गरेर गोल्याण फाउन्डेसनले पशुप्रति उच्च मानवता प्रकट गरेको छ । सामुदायिक कुकुरको सम्मानले समुदायलाई समेत जिम्मेवार बनाएको छ,’ उनले भनिन् ।

गोल्याण ग्रुप तथा गोल्याण फाउन्डेसनका अध्यक्ष अक्षय गोल्याणले समुदायको असल साथी र बफादार सुरक्षापालक कुकुरको सुरक्षा र सम्मानमा अभियानले टेवा पुर्‍याउने बताए।

‘सम्मान गर्नलायक भएरै वर्षमा एक दिन कुकुरको पूजा गर्ने सांस्कृतिक परम्परा रहेको छ। यस्तो सम्मान र माया एक दिनमात्र होइन, हरेक दिन गर्नुपर्छ भनेर अभियान थालिएको हो,’ उनले भने ।

गोल्याण फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेले सडक तथा सार्वजनिक क्षेत्रमा आश्रित कुकुरको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक बनाउन अभियानले भूमिका खेल्ने बताइ न्। तीनमहिने पाइलट परियोजनाबाट प्राप्त अनुभव र उपलब्धिका आधारमा आगामी दिनमा अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने उनको भनाइ छ।

‘यो सहर र सडकमा सबैको उत्तिकै आफ्नोपन छ, जुन वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्दछ,’ उनले भनिन्, ‘गोल्याण फाउन्डेसनले सुरु गरेको अभियानले यही भावना बोकेको छ ।’

गैह्रेले पशुप्रेमी नभएका वा कुकुरसँग डराउने नागरिकहरूलाई समेत सकारात्मक अपिल गर्दै थपिन्, ‘सबैले कुकुरलाई माया गर्नैपर्छ भन्ने छैन, तर कम्तीमा ढुंगा नहान्न, दुर्व्यवहार नगर्न र खुवाउने स्वयंसेवकहरूलाई अवरोध नगर्न हामी सम्पूर्ण समुदायसँग आग्रह गर्दछौँ ।’

फाउन्डेसनले यस अभियानमा काठमाडौं महानगरपालिका र वडा नं. १० कार्यालयसँग समन्वय गरेको छ ।

अभियान सञ्चालनका लागि फाउन्डेसनका आफ्नै समर्पित स्वयंसेवक तथा साझेदारहरू खटिनेछन् । स्वयंसेवकहरूले आफ्नो तोकिएको क्षेत्रभित्रका सामुदायिक कुकुरलाई दैनिक एक छाक भात–मासुसहितको पोषिलो खानेकुरा दिनेछन् । त्यसैगरी भेटेरिनरी टोली र विशेषज्ञहरूबाट नियमित स्वास्थ्य परीक्षण तथा आवश्यकताअनुसार खोप लगाइनेछ ।

फाउन्डेसनले वडा नम्बर १० क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक कुकुरलाई रेबिज, डिस्टेम्पर र क्यानाइन कोरोना भाइरसविरुद्धको खोप लगाउने जिम्मेवारी लिएको छ । महानगरको समन्वयमा खोप अभियान सुरु गरिनेछ । यसका अतिरिक्त कुकुरहरूको नियमित स्वास्थ्य परीक्षणसमेत गरिनेछ। जुका, लुतो, एलर्जीजस्ता रोगको पहिचान गरी उपचार पनि गरिने फाउन्डेसनले जनाएको छ ।

अभियानमा समेटिएका र खोप लगाएका सामुदायिक कुकुरलाई पहिचान सङ्केत (रिफ्लेक्टिभ कलर) प्रदान गरिनेछ । यसले रातिको समयमा पनि कुकुरलाई देख्न सकिने हुँदा सडक दुर्घटनाको जोखिम घट्ने विश्वास लिइएको छ । पहिचान सङ्केतका आधारमा कार्यक्षेत्रमा रहेका कुकुरको सङ्ख्या गणना, खाना तथा खोपको व्यवस्थापन र सुरक्षा सतर्कता अपनाउन सहज हुने गोल्याण फाउन्डेसनले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
‘एक दिनको माला होइन, हरेक दिनको माया’ गोल्याण फाउण्डेशनद्वारा ‘कुकुर तिहार’ अभियान सुरु

‘एक दिनको माला होइन, हरेक दिनको माया’ गोल्याण फाउण्डेशनद्वारा ‘कुकुर तिहार’ अभियान सुरु

काठमाडौं। कुकुर तिहारमा एक दिन फूलमाला लगाएर पूजा गर्ने परम्परालाई वर्षका ३६५ दिन नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ गोल्याण फाउण्डेशनले ‘कुकुर तिहार, हरेक दिनः...

#कुकुर #माया #गोल्याण
Compare →
Nagarik News
17h ago
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#कुकुर
Compare →
Ekantipur
17h ago
नेपालको मायामा रमाए विदेशी स्टार

नेपालको मायामा रमाए विदेशी स्टार

डेभिड वार्नर हेलिकोप्टर चढेर हिमाल पुगे, सर्वोच्च शिखर सगरमाथा नियाल्दै बिहानको खाजा खाए

#माया
Compare →

Related Stories

World News
Build #2611