Trending
Prev Story
Next Story

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

Ekantipur •
November 08, 2026 • 10:01 AM
1
1 reads 0 reactions

प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ६ जनाको मृत्यु

प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए

काठमाडौँ — पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए ।

पोल्याण्डका रक्षामन्त्रीले ‘आतङ्कवादी कार्य’ भनेको उक्त आक्रमण क्राकोको प्रमुख पर्यटकीय क्षेत्र ओल्ड टाउनस्थित मेन स्क्वायरमा भएको हो । आक्रमणकारीले चोकका विभिन्न स्थानमा गाडी रोकेर स्वचालित हतियारबाट गोली चलाएका थिए । प्रहरीको जवाफी कारबाहीमा उनी घाइते भएका छन् ।

गृहमन्त्री मार्सिन किएरविन्स्कीले आक्रमणकारी अत्यन्त कट्टर र अति–राष्ट्रवादी विचार राख्ने व्यक्ति भएको बताए । 'सबै कुराले उनी अति–दक्षिणपन्थी विचारधाराबाट प्रभावित थिए भन्ने देखाउँछ,' उनले पत्रकार सम्मेलनमा भने ।

प्रधानमन्त्री डोनल्ड टस्कले आक्रमण भएको केही घण्टापछि आक्रमणकारीको घरबाट उनका तीन जना नजिकका नातेदारको शव फेला परेको जानकारी दिए । ती शव ओस्ट्रोभिएच स्विएन्तोक्रिज्स्की सहरस्थित घरमा भेटिएका थिए । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

क्राकोमा भएको आक्रमणमा चार महिला र दुई पुरुषको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा तीन जना पोलिश र एक जना बेलायती नागरिक रहेको अधिकारीहरूले बताएका छन् । अन्य दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको छ ।

घाइतेमध्ये १३ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । आक्रमणकारीको पनि शल्यक्रिया गरिएको छ । घाइतेमध्ये पाँच जना विदेशी नागरिक रहेको प्रहरी कमाण्डर मारेक बोरोनले बताए । दुई प्रहरी अधिकारीसमेत गम्भीर घाइते भएका छन् ।

प्रहरी प्रवक्ता कातारजिना सिस्लोका अनुसार, आक्रमणकारीले सैनिक पोसाकजस्तो कपडा र बुलेटप्रुफ भेस्ट लगाएका थिए । उनको गाडीबाट थप हतियार र गोलीगठ्ठा बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमा उन एक्लैले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियोमा मानिसहरू चोकबाट भाग्दै गरेको र उद्धारकर्मीले घाइतेको उद्धार गरिरहेको देखिन्छ ।

क्राकोका मेयर लुकास गिबालाले बुधबारसम्म सहरमा आधिकारिक शोक मनाइने घोषणा गरेका छन् । घटनापछि राजधानी वार्साका मेयर राफाल ट्रास्काओस्कीले पुरानो सहरका मुख्य सडकमा अवरोधक राख्नेलगायत सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

हेगस्थित अन्तरराष्ट्रिय आतङ्कवादविरोधी केन्द्रका अनुसन्धानकर्ता कास्पर रेकावेकले आक्रमणकारीको स्वरूप र हतियार युरोपका अन्य अति–दक्षिणपन्थी एकल आक्रमणकारीसँग मिल्दोजुल्दो रहेको बताएका छन् ।

उनका अनुसार पोल्याण्डमा यस्ता आक्रमणका प्रयास यसअघि पनि भएका थिए । पोल्याण्डमा सामूहिक गोलीकाण्ड दुर्लभ मानिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
13h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #अन्धाधुन्ध #प्रहार
Compare →
Hamro Patro News
14h ago
गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी सुरक्ष...

#कम्ती #जनाको #मृत्यु
Compare →
Nagarik News
1d ago
मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

मृत्युको मुखबाट फर्किएका डेढ वर्षीय सुदीप

दुर्घटनामा डेढ वर्षीय बालक सुदीप यादव मृत्युको मुखबाट सकुशल फर्किएका छन्।

#वर्षीय #मृत्यु
Compare →
Onlinekhabar
5h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2611