Trending
Prev Story
Next Story

घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

Ekantipur •
November 08, 2026 • 10:01 AM
1
1 reads 0 reactions

आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ : १५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ : १५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

चितवन — पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ : १५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन् । सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो । सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उहाँले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
सवारी साधनको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात  सञ्चालन गर्न कठिन

सवारी साधनको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात  सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार ...

#दुईतर्फी #पहिरो #घोप्टेभिर
Compare →
Nagarik News
4d ago
घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सेवा नियमित भएको छ।

#दुईतर्फी #पहिरो #घोप्टेभिर
Compare →
Onlinekhabar
3d ago
घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा सवारी जाम (तस्वीरहरू)

२४ कात्तिक, काठमाडौं । घोप्टेभिरमा खसेको सुख्खा पहिरो पन्छाएसँगै अवरुद्ध पृथ्वीराजमार्गमा अहिले सवारी अहिले सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो २ बजेपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको …

#पहिरो #घोप्टेभिर #सवारी
Compare →
Bizshala
4d ago
मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

काठमाण्डौ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार सबेरै सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग...

#पहिरो #सुक्खा
Compare →
Arthasansar
3d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

National (Nepal)
Build #2611