Trending
Prev Story
Next Story

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

Ekantipur •
November 08, 2026 • 08:02 AM
1
1 reads 0 reactions

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ।

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ।

गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमबाट दुई जना महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

फिलिम स्वास्थ्य चौकीमा सात महिनामै बच्चा जन्माएकी २९ वर्षीया सुन्तली गुरुङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

चिकित्सकले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएपछि आमा र बच्चा दुवैलाई उद्धार गरिएको हो। त्यस्तै, चुमनुब्री–३ देवलकी २३ वर्षीया सुप्रिया गुरुङको सुत्केरी हुने मिति कटिसकेपछि उनलाई पनि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

दुवैलाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत थापाथलीस्थित अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
डोल्पामा प्रसूति समस्यामा परेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

डोल्पामा प्रसूति समस्यामा परेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले हवाई उद्धार कार्यक्रममार्फत डोल्पाकी एक गर्भवतीको उद्धार गरेको छ। मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण पर...

#उद्धार #गर्भवती #हेलिकप्टर
Compare →
Onlinekhabar
1w ago
प्रसव उद्धारमा हेलिकप्टर

प्रसव उद्धारमा हेलिकप्टर

दसैंको रौनकमा सबै रुमलिएका थिए । महानवमी अर्थात कात्तिक ३ गते डोल्पाको विकट बस्तीकी २८ वर्षीया पेम्मा आङमो गुरुङ र जाजरकोटकी १७ वर्षीया किशोरीलाई जटिल प्रसूति अवस्थाबाट हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको खबर आयो । उद्धारका …

#उद्धार #हेलिकप्टर
Compare →
Nagarik News
14h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार #गर्भवती
Compare →
Bizshala
1w ago
सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

#गोरखा
Compare →
Arthasansar
1w ago
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा...

#हेलिकप्टर
Compare →

Related Stories

National (Nepal)
Build #2611