Trending
Prev Story
Next Story

गोरखाको सिर्दिवासबाट सुत्केरी र गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

Ekantipur •
November 08, 2026 • 08:02 AM
1
1 reads 0 reactions

फिलिम स्वास्थ्य चौकीमा सात महिनाको शिशु जन्माएकी सुन्तली गुरुङ र प्रसूति मिति कटेकी सुप्रिया गुरुङलाई काठमाडौं पठाइयो।

गोरखाको सिर्दिवासबाट सुत्केरी र गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

फिलिम स्वास्थ्य चौकीमा सात महिनाको शिशु जन्माएकी सुन्तली गुरुङ र प्रसूति मिति कटेकी सुप्रिया गुरुङलाई काठमाडौं पठाइयो।

गोरखा — चुमनुब्री गाउँपालिका–३ फिलिमबाट दुई जना महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चुमनुब्री–३ की २९ वर्षीया सुन्तली गुरुङले फिलिम स्वास्थ्य चौकीमा सात महिनाको बच्चा (बालक) जन्माएकी थिइन् । डाक्टरले सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने सल्लाह दिएपछि आमा र बच्चालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

त्यस्तै, चुमनुब्री–३ देबलकी २३ वर्षीया सुप्रिया गुरुङको डेलिभरी डेट कटेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

दुवै जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत थापाथलीस्थित अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
8h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#काठमाडौं #हेलिकप्टर
Compare →

Related Stories

National (Nepal)
Build #2611