Trending
Prev Story
Next Story

युद्ध पर्यटकीय क्षेत्र पिलीमा भ्यूटावर प्रयोगविहीन

Ekantipur •
November 08, 2026 • 08:02 AM
1
1 reads 0 reactions

भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगविहीन तथा अलपत्र परेको छ ।

युद्ध पर्यटकीय क्षेत्र पिलीमा भ्यूटावर प्रयोगविहीन

भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगविहीन तथा अलपत्र परेको छ ।

कालीकोट — कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगविहीन बनेको छ । तीन वर्ष अघि करौडौं लगानी निर्माणमा भएको अहिले भ्यूटावर प्रयोगविहीन बनेको हो ।

युद्ध पर्यकटीय क्षेत्रलाई पिलीमा पर्यटकलाई आक्रर्षण गर्नका लागि भ्युटावरको निर्माण गरिएको थियो । भ्यूटावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई डिभिजन वन कार्यालय कालीकोटले हस्तान्तरण नगर्दा अहिले प्रयोगविहीन तथा अलपत्र परेको छ ।

कर्णाली राजमार्गको छेउमा रहेको पिली डाँडामा अग्लो र गोलाकार भवन बनेको छ । ६ करोड बढी लागतमा निर्माण गरिएको भ्यूटावर संरक्षण नहुँदा अहिले अलपत्र अवस्थामा रहेको छ ।

पर्यटकीय क्षेत्रमा निर्माण गरिएको भ्युटावरका स्टिलका बार, सिसा चोरी हुन थालेका छन् ।

तत्कालीन माओवादी र शाही सेनाबीच भएको युद्धको सम्झनामा निर्माण गरिएको भ्यूटावरसहितको युद्ध पर्पटकीय क्षेत्र अहिले संरक्षण नहुँदा अलपत्र अवस्थामा पुगेको खाँडाचक्र नगरपालिका–७ का स्थानीय रनबहादुर कार्कीले बताए ।

‘युद्ध संग्रहालयको अवधारणामा निर्मित यो भ्युटावरमा एउटा गेट, तीनवटा प्रतीक्षालय, दुईवटा चौतारा, फाउन्टेनसहितको एउटा पानीपोखरी, एउटा टिकट काउन्टर र शौचालयजस्ता कंक्रिट संरचना छन्,’ उनले भने, ‘अहिले यी सबै संरचनाहरुको कुनै निकाय संरक्षण नगर्दा जिर्ण अवस्थामा पुगेका छन्, भने बनेका संरचनाका स्टीलबार लगाएतका सामान चोरी हुन थालेका छन् ।’

पिलीलाई नमुना बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न २०७९ सालमा डिभिजन वन कार्यालय कालीकोटले आठ करोड ८९ लाख ९१ हजार रुपैयाँमा ठेक्का आह्वान गरेकोमा कुशेश्वर कन्स्ट्रक्सन प्रालिले छ करोड ८९ लाख ९९ हजार लागतमा दुई वर्षअघि भ्यूटावर निर्माण गरेको थियो ।

पिलीको अग्लो डाँडामा २० मिटर अग्लो भ्यूटावर, पौडी पोखरी, त्यहाँसम्म पुग्नका लागि स्टीलबारको निर्माण गरिएको थियो । डिभिजन वन कार्यालय कालीकोटमार्फत युद्ध संग्रहालय, स्टीलबारसहित करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्युटावर, टिकट काउन्टर, बुट्यानसहितका दुईवटा चौतारा, शौचालय र गेट निर्माण गरिएको छ ।

निर्माण गर्ने सरकारी कार्यालयले स्थानीय तहको जिम्मा नलगाएकाले संरचना भत्किँदै गएको खाँडाचक्र –७ का वडाध्यक्ष दीपकराज कार्कीले बताए । उनले यो संरचनाको संरचना कसको जिम्मा हो भन्ने एकिन नहुँदा अहिले अलपत्र अवस्थामा पुगेको बताए ।

भ्यूटावरको निर्माण काम सकिए पनि यसको हस्न्तारणका विषयमा अहिलेसम्म कुनै पनि काम नभएको डिभिजन वन कार्यालय प्रमुख अमर साहले बताए । उनले अबका दिन आवश्यक प्रक्रिया पुरा गरेर कसले संरक्षण गर्ने भन्ने विषयमा जिम्मेवारी बताए ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2d ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#युद्ध
Compare →
Hamro Patro News
3d ago
इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल

इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल

अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। विश्व बजारको प्रमुख मानक ब्रेन्ट क्रुडको मूल्य मंगलबार प्रतिब्यारेल ९० अ...

#युद्ध
Compare →
Onlinekhabar
3d ago
इरानी विदेशमन्त्री भन्छन्- सैन्य आक्रमण र प्रतिबन्धले युद्ध अन्त्य हुँदैन

इरानी विदेशमन्त्री भन्छन्- सैन्य आक्रमण र प्रतिबन्धले युद्ध अन्त्य हुँदैन

इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य आक्रमण वा प्रतिबन्ध थप्दैमा युद्ध अन्त्य नहुने बताएका छन् । युद्ध अन्त्य गर्न सम्मानको भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । इरानको सरकारी समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा अराघचीले अमेरिकालाई इरानका …

#युद्ध
Compare →
Nagarik News
1w ago
रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

#युद्ध
Compare →
Bizshala
10h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युद्ध
Compare →

Related Stories

World News
Build #2611