Trending
Prev Story
Next Story

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

Nagarik News •
November 06, 2026 • 11:04 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्। उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने सङ्केत गरेका छन्।

बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न हुने बताएका हुन्। उनले भने, ‘यो एउटा ठूलो सम्झौता हुनेछ र यसमा युक्रेनभन्दा धेरै पक्ष सहभागी हुनेछन्। यसले सम्पूर्ण युरोपलाई समेत समेट्न सक्छ। यो ठूलो र सुन्दर सम्झौता हुनेछ तथा सबै पक्ष उत्साहित हुनेछन्।’

यद्यपि, उनले प्रस्तावित सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देशहरू तथा रुस र युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे विस्तृत जानकारी दिएनन्। बिहीबार वासिङ्टन भ्रमणमा रहेका युक्रेनी प्रतिनिधिहरूसँग आफूले भेट नगरेको पनि उनले स्वीकार गरे।

रुसी विशेष दूत दिमित्रीभ र युक्रेनी अधिकारीहरूले रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा छ दिनसम्म युद्धविराम कायम गराउन सहयोग पुर्‍याएको भन्दै प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गरेको ह्वाइट हाउसको कार्यक्रममा सहभागिता जनाएका थिए। उक्त युद्धविरामका कारण सयौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सम्भव भएको थियो।

ट्रम्प र दिमित्रीभबीच भएको छुट्टै भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले व्यापक युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेका छन् कि भन्ने प्रश्न उठाएको द वासिङ्टन पोस्टले जनाएको छ।

यसैबीच, बिहीबार नै ट्रम्पका विशेष दूत तथा ज्वाइँ जारेड कुशनरले ब्रसेल्समा युक्रेनी, नेटो र युरोपेली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच युक्रेनका लागि सुरक्षा प्रत्याभूति र समग्र युरोपेली सुरक्षा संरचनाबारे छलफल भएको थियो।

नयाँ कूटनीतिक पहल नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको अबु धाबीमा अमेरिका मध्यस्थतामा हुने रुस र युक्रेनका प्रतिनिधिबीचको वार्ताको पूर्वसन्ध्यामा अघि बढेको हो।

कूटनीतिक प्रयास तीव्र भए पनि क्षेत्रीय नियन्त्रण र सुरक्षा प्रत्याभूतिजस्ता प्रमुख विषयमा रुस र युक्रेनबीच मतभेद कायमै छन्। यसैबीच, दुवै पक्षले हवाई तथा ड्रोन आक्रमण जारी राखेकाले युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ।

प्रकाशित: २० कार्तिक २०८३ १६:४९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
13h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #युक्रेन #युद्ध
Compare →
Hamro Patro News
1d ago
रुस–युक्रेन युद्ध अन्त्य हुने आशा फेरि बढ्यो! अमेरिका र दुवै देशका प्रतिनिधिबीच अबु धाबीमा दोस्रो दिन पनि शान्ति वार्ता

रुस–युक्रेन युद्ध अन्त्य हुने आशा फेरि बढ्यो! अमेरिका र दुवै देशका प्रतिनिधिबीच अबु धाबीमा दोस्रो दिन पनि शान्ति वार्ता

अबु धाबी । लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासले फेरि गति लिने संकेत देखिएको छ। अमेरिका, रुस र युक्रेनका प्रतिनिधिहरूबीच संयुक्त अरब इमिरेट्सको अबु धाबीमा शान्ति वार्ता जारी रहे...

#रुस #युक्रेन #युद्ध
Compare →
Onlinekhabar
15h ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#युद्ध #ट्रम्प
Compare →
Arthasansar
18h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#युक्रेन #युद्ध
Compare →

Related Stories

World News
Build #2612