Trending
Prev Story
Next Story

श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार

Ekantipur •
November 08, 2026 • 08:02 AM
1
1 reads 0 reactions

कोल्टी अस्पतालका चिकित्सकले शिशुलाई सघन उपचार आवश्यक रहेको बताएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

श्वासप्रश्वासमा समस्या आएका नवजात शिशुको बाजुराबाट हेलिकप्टरमा उद्धार

कोल्टी अस्पतालका चिकित्सकले शिशुलाई सघन उपचार आवश्यक रहेको बताएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

बाजुरा — जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालबाट आइतबार सुत्केरी आमासहित नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

कोल्टी आधारभूत अस्पतालमा सुत्केरी भएकी मुगुको खत्याड गाउँपालिका–९ बस्ने २० वर्षीया  देवकी खड्का र नवजात शिशुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए ।

नवजात शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि सघन उपचार कक्ष(आइसीयु)मा राखेर उपचार गर्नुपर्ने अवस्था आएकाले सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

नवजात शिशुको ज्यान जोखिममा भएको कोल्टी आधारभूत अस्पतालका चिकित्सकले सघन उपचार कक्ष(आइसीयू)मा राखेर उपचार गर्न सुझावसहित रिफर गरेकोले महिला, बाललबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सुत्केरी र नवजात शिशुको उद्धार गरिएको प्रजिअ रिजालले बताए।

खड्काको पेटमा बच्चा उल्टो अवस्थामा नवजात शिशुको जन्मिए पनि श्वासप्रश्वासमा समस्या आएकाले कोल्टीबाट हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।

गत बिहीबार पनि जिल्ला अस्पताल बाजुरामा सुत्केरी भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलु कुमारी भण्डारी(रावत) लाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका हो । सुत्केरी भएकी भण्डारी (रावत)लाई रक्तश्राव र मुर्छा पर्ने समस्या देखिएकाले तत्काल हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् । १० …

#अस्पताल #उपचार
Compare →
Nagarik News
3d ago
मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

#अस्पताल #आएका
Compare →
Hamro Patro News
14h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ ...

#अस्पताल #समस्या
Compare →

Related Stories

Sports
Build #2611