Trending
Prev Story
Next Story

आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

Ekantipur •
November 08, 2026 • 08:02 AM
1
1 reads 0 reactions

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो ।

आज विद्युत् माग १७ सय मेगावाट पुग्ने अनुमान, आपूर्तिमा समस्या आउँदैन : प्राधिकरण

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो ।

काठमाडौँ — तिहारमा झिलिमिली बत्तीको प्रयोगसँगै यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । माग उच्च हुने भए तापनि विद्युत् आपूर्तिमा कुनै समस्या नआउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अघिल्ला वर्षहरूको तुलनामा तिहारमा विद्युत् खपत निरन्तर बढ्दै गएको छ । गत वर्षको लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्च माग १६५० मेगावाट पुगेको थियो । त्यसैगरी, २०८१ मा १६०२, २०८० मा १४३८ र २०७९ मा १३०५ मेगावाट माग भएको थियो ।

कुनै समय तिहारजस्ता ठूला पर्वमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ झेल्नुपरेको अवस्था स्मरण गर्दै अहिले मुलुक विद्युत् निर्यात गर्ने स्थितिमा पुगेको प्राधिकरणले जनाएको छ । २०७३ सालको लक्ष्मीपूजाका दिन काठमाडौँ उपत्यकामा चौबीसै घण्टा विद्युत् उपलब्ध गराएर लोडसेडिङमुक्त अभियान सुरु गरिएको थियो भने २०७५ मा देशलाई पूर्ण रूपमा लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार तिहारको अवधिमा आन्तरिक विद्युत् उत्पादन करिब २५ सय मेगावाट हुने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन धेरै बढी भएकाले आपूर्ति व्यवस्थापन पूर्ण रूपमा सहज हुनेछ ।

वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख राजन ढकालले तिहारमा बढी बिजुली खपत गर्ने उद्योगहरू बन्द रहने भएकाले घरेलु माग धान्न थप सहज हुने बताए । ढकालले भने, 'लक्ष्मीपूजाका दिन सबैभन्दा बढी बिजुली खपत हुन्छ, तर हामीसँग पर्याप्त आन्तरिक उत्पादन छ । निर्यातसमेत गरिरहेकाले माग बढे पनि कुनै समस्या हुँदैन ।'

तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई निरन्तर र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्राधिकरणले विशेष तयारी गरेको छ । कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतमा बसेको वरिष्ठ व्यवस्थापन टोली तथा प्रादेशिक कार्यालय प्रमुखहरूसँगको भर्चुअल बैठकले प्रणालीको निगरानी र जनशक्ति परिचालनबारे ठोस निर्णय गरेको छ ।

कहीँ कतै लाइन जाने वा ट्रिपिङ हुने समस्या देखिए तत्काल मर्मत गर्न मर्मतसम्भार टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । साथै, उपभोक्ताका गुनासा सुन्न 'नो लाइट' सेवाका फोन नियमित रूपमा उठाउन र समस्या तुरुन्त समाधान गर्न प्राविधिकहरूलाई कडा निर्देशन दिइएको छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

बर्दियाको बढैयातालमा हुलाकी सडक छेउको विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका १६ वर्षीय एक किशोरको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ...

#विद्युत्
Compare →

Related Stories

Business & Economy
Build #2611