Trending
Prev Story
Next Story

कुकुरको होस्टेलमै मनाइयो कुकुर तिहार

Ekantipur •
November 08, 2026 • 07:31 AM
1
1 reads 0 reactions

बागलुङ नगरपालिकाले गत जेठदेखि सञ्चालन गरेको होस्टेलमा राखिएका ३० वटा कुकुरलाई पूजा, खाना र औषधि दिएर तिहार मनाएको हो।

कुकुरको होस्टेलमै मनाइयो कुकुर तिहार

बागलुङ नगरपालिकाले गत जेठदेखि सञ्चालन गरेको होस्टेलमा राखिएका ३० वटा कुकुरलाई पूजा, खाना र औषधि दिएर तिहार मनाएको हो।

बागलुङ — बागलुङ नगरपालिकाले कुकुरका लागि बनाइएको 'होस्टेल'मै सामूहिक रूपमा कुकुरको पूजा गरेर ‘कुकुर तिहार’ मनाएको छ। गत जेठदेखि सञ्चालनमा ल्याइएको होस्टेलमा आइतबार कुकुरको पूजा गरी खानेकुरा दिएर तिहार मनाइएको हो।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जन्मदिन मनाउने र अन्यत्र खर्च गरिने रकम कुकुर संरक्षणमा लगाउने अभियानसमेत थालेका छन्। यसबाट होस्टेललाई व्यवस्थित बनाउने प्रयास भइरहेको उनले बताए। नगरपालिकाले नियमित बजेटमार्फत होस्टेल सञ्चालन गर्दै आएको छ।

सडकमा छोडिएका कुकुरबाट जोखिम बढेपछि बागलुङ नगरपालिकाले दुई वर्षदेखिको प्रयासपछि ‘कुकुर होस्टेल’ निर्माण गरेको थियो। नवप्रवर्तन कार्यक्रमअन्तर्गत मुख्यमन्त्री कार्यालयको साझेदारीमा एक करोड रुपैयाँ लागतमा होस्टेल बनाइएको हो। वडा ३ मा निर्माण गरिएको होस्टेलमा नगरपालिकाको ३५ लाख र मुख्यमन्त्री कार्यालयको ६५ लाख रुपैयाँ लगानी छ।

सामुदायिक कुकुरको व्यवस्थापनका लागि नगरपालिकाले यो नीति ल्याएको हो। सडकमा छाडिने कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गर्नुपरेको नगरप्रमुख श्रेष्ठले बताए। ती कुकुरले टोकेर वर्षमा धेरै जना घाइते हुने र कतिपयमा रेबिजसमेत देखिने गरेको उनको भनाइ छ। नगरपालिकाले घरमा पालिएका र सडकमा रहेका कुकुरलाई रेबिजविरुद्धको खोपसमेत दिँदै आएको छ।

सामुदायिक कुकुरका कारण रातको समयमा हिँडडुल गर्दा जोखिम बढेकोमा नगरपालिकाको अभियानले सहज भएको स्थानीय रवि सुवेदीले बताए। ‘बिहानै र रातको समयमा सडकमा हिँड्दा जोखिम थियो, कुकुर व्यवस्थापनले पैदलयात्रीलाई राम्रो भएको छ,’ उनले भने, ‘होस्टेलमा राखेका कुकुर फेरि छाड्ने काम नहोस्।’ बाँकी कुकुरलाई पनि होस्टेलमा राख्न उनले सुझाव दिए।

होस्टेलमा एक जना कर्मचारी राखेर कुकुरको नियमित हेरचाह गर्ने गरिएको छ। एक सय कुकुर राख्न सक्ने क्षमता भए पनि अहिले यहाँ ३० वटा मात्रै राखिएका छन्। कुकुरका लागि आवश्यक सबैखाले औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ। रेबिजलगायत संक्रामक रोगबाट कुकुरलाई बचाउनुका साथै कुकुरले टोक्दा मानिसमा पनि रोग सर्न सक्ने भएकाले नागरिकको सुरक्षाका लागि यो अभियान थालिएको नगरपालिकाले जनाएको छ। नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र नियन्त्रणमा लिएर होस्टेल पठाउने काम गर्दै आएको छ।

नगरपालिकामा दर्ता भएका कुकुरलाई खोप र औषधि सेवा निःशुल्क दिइनेछ। कुकुरको मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले गर्ने पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए। खोप लगाएका कुकुरमध्ये घरमा पालिएका कुकुरलाई रातो र सामुदायिक कुकुरलाई निलो पेटी लगाएर पहिचान गर्ने व्यवस्था सुरु गरिएको छ।

कुकुर होस्टेललाई नगरपालिकाले नमुना कार्यक्रमका रूपमा अघि बढाएको छ। होस्टेलमा राखिएका कुकुरलाई नगरपालिकाले नै नियमित खाना खुवाउने व्यवस्था मिलाएको छ। नियमित खोप कार्यक्रममार्फत स्वस्थ बनाएपछि घरमा पाल्न चाहनेले पनि होस्टेलबाट कुकुर लैजान सक्नेछन्।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
18h ago
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना …

#कुकुर #होस्टेल #बागलुङ
Compare →
Nagarik News
18h ago
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#कुकुर #होस्टेल #बागलुङ
Compare →
Hamro Patro News
21h ago
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको ह...

#कुकुर #होस्टेल #बागलुङ
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

Politics & Governance
Build #2611