Trending
Prev Story
Next Story

तिहारमा मादलको माग बढ्यो, कालिगडलाई भ्याइनभ्याइ

Ekantipur •
November 08, 2026 • 07:31 AM
1
1 reads 0 reactions

तिहारमा देउसीभैलोका लागि नयाँ मादल बनाउन र पुराना मर्मत गराउन ग्राहक बढेपछि श्रीनगरका कालिगडलाई माग धान्न भ्याइनभ्याइ भएको छ।

तिहारमा मादलको माग बढ्यो, कालिगडलाई भ्याइनभ्याइ

तिहारमा देउसीभैलोका लागि नयाँ मादल बनाउन र पुराना मर्मत गराउन ग्राहक बढेपछि श्रीनगरका कालिगडलाई माग धान्न भ्याइनभ्याइ भएको छ।

सल्यान — काठको घारमा छाला तन्काउने, खरी लगाउने र आवाज मिलाउने। सल्यानको श्रीनगर बजारस्थित सल्यानी मादल उद्योगका ५३ वर्षीय कालिगड मित्रलाल नेपालीको दैनिकी यतिबेला यस्तै काममा बितिरहेको छ। तिहार आएसँगै नयाँ मादल बनाउन र पुराना मर्मत गराउन आउने ग्राहक बढेपछि उनलाई बिहानदेखि साँझ अबेरसम्म भ्याइनभ्याइ छ।

‘मादल बनाउन थालेको २२ वर्ष भयो। अहिलेसम्म यही पेसालाई निरन्तरता दिइरहेको छु। ग्राहकले पनि मलाई नै सम्झिने गर्नुहुन्छ,’ मित्रलालले भने, ‘बाह्रै महिना काम हुन्छ, तर तिहारको समयमा माग अझै बढ्छ।’ उनका अनुसार पछिल्लो समय मादलको माग बढेको छ। अहिले दैनिक १० देखि १५ वटासम्म मादलको माग आउने गरे पनि सबै ग्राहकलाई समयमै उपलब्ध गराउन सकिएको छैन। केही वर्षअघिसम्म डिजेमा रमाउनेहरू पनि पछिल्लो समय मादलतर्फ आकर्षित हुन थालेको उनको अनुभव छ।

शारदा नगरपालिका–१ श्रीनगरकै भीमबहादुर नेपाली पनि मादल उद्योग सञ्चालन गर्दै आएका छन्। तीन वर्षदेखि यो पेसामा लागेका उनलाई पनि तिहार नजिकिएसँगै नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ छ। देउसीभैलो खेल्ने समूहले मादल किन्न थालेपछि विशेषगरी युवापुस्ताबाट माग बढेको उनी बताउँछन्।

‘मागअनुसार मादल बनाएर बिक्री गरिरहेको छु। पछिल्लो समय मादलको माग बढेको छ,’ भीमबहादुरले भने, ‘तिहारमा त झन् युवापुस्ताले बढी मादल खोज्ने गरेका छन्।’ आधुनिक बाजाको प्रयोग बढे पनि देउसीभैलोमा मादलको महत्त्व घट्न नसकेको उनको भनाइ छ।

श्रीनगर बजारका अन्य कालिगडलाई पनि यतिबेला मादल बनाउन भ्याइनभ्याइ छ। अर्का कालिगड गोपाल नेपालीका अनुसार मागअनुसार मादल पुर्‍याउन मुस्किल भइरहेको छ। मादल बनाउन काठको घार तयार पार्नेदेखि छाला तन्काउने, खरी लगाउने र आवाज मिलाउनेसम्मका काम गर्नुपर्छ। यी सबै प्रक्रियामा सीप, मेहनत र समय उत्तिकै लाग्छ। एउटा मादल बनाउन दुईदेखि तीन दिन लाग्ने गर्छ। चाडपर्वका बेला व्यापार बढ्ने भएकाले यो समय आफूहरूका लागि आम्दानीको अवसरसमेत बन्ने गरेको उनले बताए।

अर्का कालिगड शेरबहादुर नेपालीका अनुसार आधुनिक बाजाको प्रभावबीच पनि मौलिक संस्कृति जोगाउने उद्देश्यले युवापुस्ताले मादल रोज्न थालेका छन्। देउसीभैलोमा मादल बजाउने चलनले यसको माग बढाउन सहयोग गरेको उनको भनाइ छ।

मादल किन्न आएका युवाका लागि यो बाजा मनोरञ्जनको साधन मात्र होइन, संस्कृति र पहिचानसँग जोडिएको माध्यम पनि हो। युवा नवीन खड्का मौलिक संस्कृति जोगाउन आफूहरू मादलमै देउसीभैलो खेल्ने तयारीमा रहेको बताउँछन्। ‘पछिल्लो समय सीप र मौलिकता हराउँदै गएको छ। त्यसैले हामी पुरानो संस्कृतिलाई जोगाउन लागेका हौं,’ उनले भने।

अर्का युवा मनोज वली पनि डिजेमा मात्र रमाउनुभन्दा परम्परागत बाजा र सीपलाई निरन्तरता दिनुपर्ने बताउँछन्। बालबालिकादेखि वृद्धवृद्धासम्मलाई सहभागी गराएर मादल बजाउने र नाच्ने अभ्यास गरिरहेको उनले बताए। नयाँ पुस्ताले नै मौलिक बाजाप्रति चासो देखाउन थालेपछि यसको सांस्कृतिक निरन्तरतामा आशा पलाएको उनको भनाइ छ।

सल्यानमा चाडपर्व तथा मेलापर्वमा सोरठी, पैसेरी, सेरिङ्गे, झाप्रे र लहरेलगायत परम्परागत नाच नाच्ने चलन छ। यस्ता नाचमा मादलको ताल अभिन्न रूपमा जोडिएको हुन्छ। तिहारमा खेलिने देउसीभैलोमा पनि मादलले छुट्टै रौनक थप्छ। आधुनिक बाजाको प्रभावबीच युवापुस्ताले मादल रोज्न थालेपछि कालिगडको पेसासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको लोकसंस्कृति पनि जोगिने अपेक्षा गरिएको छ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिका...

#तिहार
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

२५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ । झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा …

#तिहार
Compare →
Nagarik News
2d ago
आधुनिकताले फेरिँदै तिहारको संस्कृति

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।

#तिहार
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611