Trending
Prev Story
Next Story

च्याम्पियन लुम्बिनीमाथि काठमान्डुको प्रभावशाली जित

Ekantipur •
November 07, 2026 • 03:31 PM
1
1 reads 0 reactions

लगातार तेस्रो जितसँगै काठमान्डु ६ अंकसहित दोस्रो स्थानमा उक्लिँदा लुम्बिनीको ११ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ।

च्याम्पियन लुम्बिनीमाथि काठमान्डुको प्रभावशाली जित

लगातार तेस्रो जितसँगै काठमान्डु ६ अंकसहित दोस्रो स्थानमा उक्लिँदा लुम्बिनीको ११ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ।

काठमाडौँ — काठमान्डु गोर्खाजले सानदार प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार च्याम्पियन लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ६१ रनको लक्ष्य लिएर आएको लुम्बिनी १९.३ ओभरमा १ सय २४ रनमै अलआउट भयो ।

योसँगै लुम्बिनीको ११ औं खेलमा अपराजित यात्रा टुंगिएको छ । गत वर्ष सुदूरपश्चिम रोयल्ससँग लिग चरणको खेलमा टोली ७ विकेटले पराजित भएको थियो । त्यसपछि लुम्बिनीले लगातार ६ खेल जित्दै च्याम्पियन बनेको थियो । यसपटक टोलीले पहिलो चार खेलमा ३ जितेको थियो भने चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

लगातार तेस्रो खेल जितेपछि काठमान्डु ६ अंकसहित पुनः दोस्रो स्थानमा उक्लेको छ । सुदूरपश्चिम रोयल्सको पनि समान ६ अंक नै भए पनि काठमान्डु राम्रो नेट रनरेटका कारण दोस्रो स्थानमा रहेको हो । लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा छ ।

पाकिस्तानी तीव्र बलर जहानन्द खानले आफ्नो पहिलो तथा खेलको दोस्रो ओभरमा डार्सी शटलाई ४ र आसिफ शेखलाई १ रनमा विकेटको पछाडि क्याच गराई काठमान्डुलाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । कप्तान करण केसीले तेस्रो ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेललाई पनि शून्यमा विकेटकै पछाडि क्याच गराए ।

जहानन्दले आफ्नो दोस्रो ओभरमा निरोशन डिकवेला र दिलीप नाथलाई बोल्ड गरेपछि लुम्बिनी चौथो ओभरमा २१–५ को अवस्थामा पुगेको थियो । डिकवेलाले ७ बल खेली ३ चौकासहित १४ रन बनाए । इटालियन अलराउन्डर ग्रान्ट स्टेवार्टलाई करणले ६ रनमा एलबीडब्लु आउट गरे । रुबेन ट्रम्पलमन १६ बल खेली १ छक्का प्रहार गरी ११ रनमा आउट भए ।

सन्दीप जोराले लुम्बिनीबाट सर्वाधिक ४४ रन बनाए । १८ औं ओभरमा शाहब आलमको बलमा आउट भएका जोराले ४५ बल खेली ३ चौका प्रहार गरे । अराचिगेले अन्तिम विकेटमा शेरलाई १२ रनमा बोल्ड गरे । जहानन्दले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । करणले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । १–१ विकेट लिने क्रममा शाहबले ४ ओभरमा १८ र रशिदले ३ ओभरमा २० रनमात्र खर्चेका थिए ।

यसअघि ओपनिङ जोडी डेभिड वार्नर र साहिल पटेलले शतकीय साझेदारी गरेपछि टस हारेर ब्याटिङको निम्ता पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६० रन बनाएको थियो । वार्नर र पटेलले १४ ओभरभित्र १ सय ४ रन जोडेका थिए । जारी एनपीएलमा यो पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यसअघि विराटनगर किंग्सका लोकेश बम र इमरान शेखले जनकपुर बोल्ट्सविरुद्ध १ सय ७ रनको ओपनिङ साझेदारी गरेका थिए ।

शेरले साहिललाई आउट गरी लुम्बिनीलाई पहिलो सफलता दिलाए । साहिलले ३६ बलमा समान २ चौका र छक्काका साथ ३८ रन बनाए । अस्ट्रेलियन ब्याटर वार्नरले ५० बलमा ६६ रन बनाए । प्लेयर अफ द म्याच उनले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । वार्नरले कुल ९ चौका र १ छक्का प्रहार गरी शेरकै बलमा आउट भए ।

तेस्रो नम्बरमा पठाइएका करण १० बलमा ९ रन बनाई अभिषेकको बलमा कट एन्ड बोल्ड भए । अभिषेकले अर्को बलमा रिभर्स स्विप गर्न खोजेका विल बोसिस्टोलाई बोल्ड गरे । रशिद खानले पनि १ रनमात्र बनाए । जहानन्द खानले १ छक्का प्रहार गरे पनि ३ बलमा ६ रन बनाई आउट भए ।

मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा रनआउट भए । सहन अराचिगे १५ बलमा ३४ रन बनाई अविजित रहे । उनले ३ चौका र १ छक्का प्रहार गरे । लुम्बिनीका अभिषेक, शेर र ट्रम्पलमनले २–२ विकेट लिए । अभिषेकले ४ ओभरमा १५, शेरले १९ र ट्रम्पलमनले ३ ओभरमा २४ रन खर्चे ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
चितवनलाइ हराउँदै काठमान्डु शीर्ष स्थानमा उक्लियो (तस्बिरहरू)

चितवनलाइ हराउँदै काठमान्डु शीर्ष स्थानमा उक्लियो (तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

#काठमान्डु
Compare →
Onlinekhabar
4d ago
डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटाएको लय

डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटाएको लय

२३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरको आगमनपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको छ। सिजनको पहिलो खेलमा पराजित भएको काठमान्डुले वार्नर टोलीमा जोडिएपछि जितको लय समातेको हो। सोमबार …

#काठमान्डु
Compare →
Arthasansar
7h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#काठमान्डु
Compare →
Nagarik News
11h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#काठमान्डु
Compare →

Related Stories

Sports
Build #2611