Trending
Prev Story
Next Story

ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

Ekantipur •
November 07, 2026 • 01:01 PM
1
1 reads 0 reactions

नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री पहिलो पटक सहभागी

ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री पहिलो पटक सहभागी

अस्ट्रेलिया — अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले नेपाली समुदायले अस्ट्रेलियामा पुर्‍याइरहेको योगदान र उनीहरूको सांस्कृतिक विविधताको प्रशंसा गरेका छन् । एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सवमा पहिलो पटक सहभागी भएका प्रधानमन्त्री अल्बनिजले नेपालीले अस्ट्रेलियामा पुर्‍याएको योगदानको प्रशंसा गरेका हुन् । कार्यक्रममा उनलाई नेपाली ढाकाटोपी र नेपाली खादा लगाएर स्वागत गरिएको थियो । उत्साहित र हर्षित मुद्रामा कार्यक्रममा उपस्थित उनले अस्ट्रेलिया बहुसांस्कृतिक देश भएको र नेपालीले अस्ट्रेलियाको समग्र विकासका लागि महत्त्वपूर्ण योगदान दिएको बताएका थिए । एनआरएनए अस्ट्रेलियाले विगत दुई दशकदेखि नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल महोत्सव आयोजना गर्दै आएको छ । उक्त महोत्सवमा पहिलो पटक सहभागी प्रधानमन्त्री अल्बनिजले कार्यक्रममा सहभागी सबैलाई तिहारको शुभकामना दिएका थिए ।

उनले मन्तव्यका क्रममा बहादुरीका साथ कर्तव्य निर्वाह गरेर हालै सम्मान पाएका नेपाली सुरक्षाकर्मी विकास भारतीको पनि चर्चा गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री अल्बनिजले नेपालमा गत अगस्टमा आएको बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै त्यसको पुनर्निर्माण र राहतका लागि आफ्नो साथ रहेको जनाएका थिए ।

नेपाली समुदायले आयोजना गरेको कुनै पनि कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्रीले स्वयं सहभागिता जनाएको यो पहिलो पटक हो । प्रधानमन्त्री अल्बनिजले कार्यक्रमलगत्तै आफ्नो सामाजिक सञ्जालमार्फत आफूले नेपाली समुदायसँग तिहार मनाएको उल्लेख गरेका छन् । कार्यक्रममा न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस मिन्सले पनि सहभागिता जनाउँदै नेपाली कला, संस्कृतिको प्रशंसा गरे ।

एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सव शनिबार सिड्नीको पर्यटकीय क्षेत्र डार्लिङ हार्बरमा आयोजना गरिएको थियो । कार्यक्रममा हजारौंको सहभागिता रहेको आयोजकले जनाएको छ । महोत्सवको सुरुवातमा नेपाली परम्परा भेषभूषा र संस्कृति झल्काउँदै नेपाल परेडको आयोजना गरिएको थियो भने महोत्सवमा नेपाली खाना, व्यवसाय लगायतका स्टल राखिएको थियो । कार्यक्रममा नेपाली मात्र नभएर स्थानीय समुदायका व्यक्तिको पनि उल्लेख्य उपस्थिति थियो ।

एनआरएनए अस्ट्रेलियाले हरेक दुई वर्षमा नेपालको कला, संस्कृति, पर्यटन लगायतको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाल महोत्सवको आयोजना भइरहेको छ । यद्यपि यस वर्षको नेपाल महोत्सवमा अस्ट्रेलियाका प्रधानमन्त्री र न्यु साउथ वेल्स राज्यका प्रिमियरको उपस्थितिले अझ रौनक थपेको थियो भने दोस्रो पुस्ताका नेपालीहरूको उल्लेख्य उपस्थितिले समेत महोत्सवलाई अझ रोचक बनाएको थियो ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन्।

#आयोजना #सहभागी
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →
Onlinekhabar
3d ago
अस्ट्रेलियामा नेपाली युवाले बनाए ‘थोप्ला’, खाडीमा लोकप्रिय

अस्ट्रेलियामा नेपाली युवाले बनाए ‘थोप्ला’, खाडीमा लोकप्रिय

२३ कात्तिक, क्यानबेरा । विदेशमा रहेका नेपालीलाई आफ्नै देशको प्रविधिमार्फत जोड्ने उद्देश्यले अस्ट्रेलियामा रहेका एक नेपाली युवाले विकास गरेको सामाजिक सञ्जाल एप ‘थोप्ला’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरामा बस्दै आएका चितवन, भरतपुरका …

#अस्ट्रेलिया
Compare →
Hamro Patro News
10h ago
डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ।...

#अस्ट्रेलिया
Compare →

Related Stories

Politics & Governance
Build #2611