Trending
Prev Story
Next Story

एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

Nagarik News •
November 12, 2026 • 07:34 AM
1
1 reads 0 reactions

एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन्।

एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन्।

थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ)ले आज त्यसतर्फ जानल लागेका खेलाडीलाई बिदाइ गरेको छ।

यही कात्तिक २७ देखि ३० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिर्दै बिदाइ गरेका हुन्।

उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित पनि गरे।

नेपालको तर्फबाट दुई खेलाडीले भाग लिँदै छन्। अनिश थापा र असिमबाबु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल छन्। नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुने छन्।

बिदाइ कार्यक्रममा नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आइएफबिबी अन्तर्राष्ट्रिय निर्णायक केशव नागा, अन्तरराष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दिपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो।

प्रकाशित: २६ कार्तिक २०८३ १३:१९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
एसियन बडीबिल्डिङ च्याम्पियनसिपका खेलाडिको विदाइ

एसियन बडीबिल्डिङ च्याम्पियनसिपका खेलाडिको विदाइ

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइएफबीबी एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ मा सहभागी हुन गइरहेको नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ। सो प्रतियोगता सन् २०२६ नोभेम्...

#एसियन #बडीबिल्डिङ #सहभागी
Compare →
Ekantipur
6d ago
ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

ढाकाटोपीमा सजिए अस्ट्रेलियाका प्रधानमन्त्री, गरे नेपाली समुदायको प्रशंसा

नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री पहिलो पटक सहभागी

#सहभागी #आयोजना
Compare →

Related Stories

Sports
Build #2611