कुनै समय स्थानीयको वनभोज र घुमफिरमा सीमित लहान नगरपालिका–१५स्थित हात्तीदह सिमसार क्षेत्र पछिल्लो समय पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । सङ्घ, प्रदेश, स्थानीय तह र विभिन्न विकास साझेदारको लगानीमा सिमसार संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेपछि यहाँ पर्यटकको आगमन र आर्थिक गतिविधि बढेको हो ।
सार्वजनिक बजेट र विकास साझेदारको सहयोगलाई सामुदायिक वन संरक्षण तथा पर्यापर्यटनसँग जोड्दा स्थानीय अर्थतन्त्रमा कस्तो परिवर्तन आउन सक्छ भन्ने उदाहरण हात्तीदह बनेको छ । पर्यटकको बढ्दो आगमनसँगै सामुदायिक वनको आम्दानी विस्तार भएको छ । स्थानीयले ई–रिक्सा सञ्चालन, साना व्यवसाय, वनस्टे र महिला उद्यमशीलतामार्फत आयआर्जनका अवसर पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )