Trending
Prev Story
Next Story

भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित

Onlinekhabar •
November 06, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । अध्यागमन विभागले भिसा उद्देश्य विपरीत काम गरेको पाइएपछि १० विदेशीलाई निष्कासन गर्ने निर्णय गरेको छ । मोरङ कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक …

भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित

२० कात्तिक, काठमाडौं । अध्यागमन विभागले भिसा उद्देश्य विपरीत काम गरेको पाइएपछि १० विदेशीलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

मोरङ कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक नाबालक सहित १० विदेशीलाई  तीन वर्षसम्म नेपाल पुन: प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्य विपरीत काम गरी अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा जनही ५० हजार रुपैयाँ जरिबाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो ।

निष्कासित हुनेमध्ये ५ जना अमेरिका, २ ब्राजिल र ३ जना क्यानडाका छन् । तीमध्ये नाबालकलाई उनको आमाबुबासँगै प्रस्थान गराउने निर्णय भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Setopati
1w ago
भिसाको उद्देश्य विपरीत काम गर्ने १० विदेशी नागरिक निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध

भिसाको उद्देश्य विपरीत काम गर्ने १० विदेशी नागरिक निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध

पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आरोपमा एक नाबालक सहित १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ। अध्यागमन कानुन उल्लङ्घन गरेको कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो। साथै, उनीहरूलाई तीन वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको...

#भिसा #उद्देश्य #विपरीत
Compare →
Bizshala
1w ago
भिसा उद्देश्यविपरीत काम गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल आउन नपाउने

भिसा उद्देश्यविपरीत काम गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल आउन नपाउने

काठमाण्डौ । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि १० विदेशी नागरिकलाई नेपालबाट निष्कासन...

#भिसा #निष्कासन #अध्यागमन
Compare →
Ekantipur
2w ago
२१ महिनामा अमेरिकाले रद्द गर्‍यो २ लाख ५० हजार भिसा

२१ महिनामा अमेरिकाले रद्द गर्‍यो २ लाख ५० हजार भिसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवात देखिनै अध्यागमन नीतिमा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदान गरिने भिसामा देखिएको हो ।

#भिसा #अध्यागमन
Compare →
Hamro Patro News
4d ago
तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन । गृहमन्...

#निष्कासन #निष्कासित
Compare →
Nagarik News
1w ago
विधि विपरीत आइजिपी हटाइएको भए गलत: पूर्वप्रधानमन्त्री भट्टराई

विधि विपरीत आइजिपी हटाइएको भए गलत: पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर विधि र प्रक्रिया विपरीत भएको भए त्यो गलत हुने बताएका छन्।

#विपरीत
Compare →

Related Stories

National (Nepal)
Build #2612