Trending
Prev Story
Next Story

भिसा उद्देश्यविपरीत काम गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल आउन नपाउने

Bizshala •
November 06, 2026 • 12:33 PM
1
1 reads 0 reactions

काठमाण्डौ । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि १० विदेशी नागरिकलाई नेपालबाट निष्कासन...

भिसा उद्देश्यविपरीत काम गर्ने १० विदेशी निष्कासित, तीन वर्ष नेपाल आउन नपाउने

काठमाण्डौ । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि १० विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ।

मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूलाई तीन वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्यविपरीत गतिविधि गरी अध्यागमन कानुन उल्लंघन गरेको ठहर गर्दै जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।

निष्कासन हुनेमध्ये पाँच जना अमेरिकी, दुई जना ब्राजिलियन र तीन जना क्यानडेली नागरिक रहेका छन्।

तीमध्ये एक जना नाबालक रहेकाले उनलाई आमाबुबासँगै नेपालबाट प्रस्थान गराउने निर्णय गरिएको विभागले जनाएको छ।

अध्यागमन विभागले विदेशी नागरिकलाई नेपालमा रहँदा आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसार मात्रै गतिविधि गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित

भिसा उद्देश्य विपरीत काम गर्ने १० विदेशी नेपालबाट निष्कासित

२० कात्तिक, काठमाडौं । अध्यागमन विभागले भिसा उद्देश्य विपरीत काम गरेको पाइएपछि १० विदेशीलाई निष्कासन गर्ने निर्णय गरेको छ । मोरङ कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका एक …

#भिसा #निष्कासन #अध्यागमन
Compare →
Hamro Patro News
4d ago
तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

तीन महिनामा १७५ विदेशी नागरिक नेपालबाट निष्कासित

२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् । के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन । गृहमन्...

#निष्कासन #निष्कासित
Compare →
Nagarik News
2w ago
चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ।

#भिसा
Compare →

Related Stories

National (Nepal)
Build #2611