भिसाको उद्देश्य विपरीत काम गर्ने १० विदेशी नागरिक निष्कासित, तीन वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध
पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आरोपमा एक नाबालक सहित १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ। अध्यागमन कानुन उल्लङ्घन गरेको कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो। साथै, उनीहरूलाई तीन वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको...