Trending
Prev Story
Next Story

खाद्य कम्पनीले ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक तथा उद्यमीलाई स्टलका लागि आह्वान

Ekantipur •
November 06, 2026 • 08:31 AM
1
1 reads 0 reactions

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूलमाला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुाडा, रैथाने बाली, कृषि उपज तथा अन्य मौलिक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीले ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक तथा उद्यमीलाई स्टलका लागि आह्वान

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूलमाला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुाडा, रैथाने बाली, कृषि उपज तथा अन्य मौलिक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना गर्ने भएको छ ।

नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन, स्थानीय उद्यमशीलता तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले आगामी कात्तिक २१ देखि २३ सम्म मेला आयोजना गर्ने भएको हो । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन हुनेछ ।

मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूलमाला तथा सजावटका सामग्री, परम्परागत पोसाक तथा हस्तकलाका सामग्री, माटाका भाँडाकुाडा, रैथाने बाली, कृषि उपज तथा अन्य मौलिक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

मेलामा आफ्ना उत्पादन बिक्री तथा प्रदर्शन गर्न इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी र रैथाने तथा स्थानीय उत्पादनसँग सम्बन्धित व्यवसायीलाई स्टल सहभागिताका लागि आवेदन आहृवान समेत गरेको छ ।

मेलामा सहभागी हुन प्रतिस्टल पाँच हजार रुपैयाँ तोकिएको छ । इच्छुक उत्पादक तथा उद्यमीले आफ्नो व्यावसायिक विवरण, उत्पादनको प्रकृति र स्टल सहभागितासम्बन्धी प्रस्ताव कम्पनीको इमेलमार्फत पेस गर्न सक्नेछन् । प्राप्त आवेदन तथा प्रस्तावको मूल्यांकन व्यावसायिक उपयुक्तता, उत्पादनको मौलिकता, गुणस्तर र मेलाको उद्देश्यसँगको सान्दर्भिकताका आधारमा गरिने कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो

काठमाडौँ । तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो । आज कारोबारमा आ...

#तिहार
Compare →
Nagarik News
10h ago
सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।

#मेला
Compare →
Arthasansar
13h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611