छनोट कार्यविधि, २०८३ अनुसार आवेदन मूल्यांकनपछि सबैभन्दा धेरै अंक ल्याउने उम्मेदवारलाई शुक्रबार संक्षिप्त सूचीमा राखिएको हो।
काठमाडौँ — नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् ।
बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार आवेदन दिएका उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा शुक्रबार समावेश गरिएको हो।
संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूमा आयुतोष प्रधान – चितवन, उत्तमप्रसाद देवकोटा – चितवन, टेकबहादुर महत – इलाम, धर्मराज ढवाडी – चितवन, नोजल कोइराला – मोरङ, युबिका भण्डारी – काठमाडौं, राजाराम केसी – काठमाडौं, रामचन्द्र सेढाईं – गोरखा, रोहिणीप्रसाद खनाल – भक्तपुर, लक्ष्मण गौतम – दाङ, विनोद अर्याल – पाल्पा, श्रद्धा श्रेष्ठ – ताप्लेजुङ, श्रीप्रसाद भट्टराई – रुपन्देही, सन्तोष विक्रम थापा – काठमाडौं, सुरेश सिंह बुढाल – बैतडी र हिक्मत सिंह ऐर – कञ्चनपुर छन् ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवारले आगामी मंसिर १० गते भित्र आ-आफ्नो कार्ययोजनासहित व्यावसायिक प्रस्तुतीकरण गर्नुपर्नेछ ।
सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।