Trending
Prev Story
Next Story

एनपीएल : टोलीहरूले टस जितेर पनि फाइदा लिन सकेका छैनन्

Ekantipur •
November 06, 2026 • 07:31 AM
1
1 reads 0 reactions

बिहीबारसम्म एक मात्र टोलीले टस जितेर पहिले ब्याटिङ रोज्यो । यस सिजनको पाँचौं खेलमा काठमान्डुले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै जित हासिल गरेको थियो ।

एनपीएल : टोलीहरूले टस जितेर पनि फाइदा लिन सकेका छैनन्

बिहीबारसम्म एक मात्र टोलीले टस जितेर पहिले ब्याटिङ रोज्यो । यस सिजनको पाँचौं खेलमा काठमान्डुले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै जित हासिल गरेको थियो ।

काठमाडौँ — नेपाल प्रिमियर लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध फिल्डिङ रोजेको थियो । लुम्बिनीले ७ विकेटले जित हासिल गर्‍यो ।

बिहीबार १४ औं खेलमा आइपुग्दा जनकपुर बोल्ट्सले लुम्बिनीविरुद्ध टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गर्‍यो । तर जनकपुरले खेल जित्न सकेन । दिनको दोस्रो खेल अर्थात् १५ औं खेलमा भने काठमान्डु गोर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेर उचित प्रयोग गरेको थियो ।

बिहीबारसम्म एक मात्र टोलीले टस जितेर पहिले ब्याटिङ रोज्यो । यस सिजनको पाँचौं खेलमा काठमान्डुले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै जित हासिल गरेको थियो ।

यो सिजनभर यस्तै हुँदै आएको छ । टस जितेर पनि त्यो पर्याप्त रूपमा फाइदाजनक हुन सकेको छैन । लुम्बिनी र चितवनको वर्षाका कारण रद्द भएको खेलबाहेक १४ मध्ये टस जितेर फिल्डिङ रोजेको १३ खेलमा ७ जित र ६ हार आँकडा बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको फ्लडलाइटमुनि खेल्ने टोलीहरूले पहिले फिल्डिङ रोज्नु सामान्य हो । किनकि जति अँध्यारो हुँदै जान्छ, ओसका कारण बलिङ गर्ने पक्षलाई कठिन हुन्छ । तथापि, टोलीहरूले टस जितेर पनि दिउँसोको खेलमा पहिले फिल्डिङ रोजिरहेका छन् ।

कप्तानहरूले पहिलो इनिङ्समा तातो कीर्तिपुरको पिचको फाइदा उठाइरहेका छन् किनभने रातभरको हुस्सुले गर्दा पहिलो इनिङ्समा पिच ओसिलो रहन्छ, जसले गर्दा ब्याटिङ गर्न कठिन हुन्छ भने बलरहरूका लागि केही सहज हुन्छ । त्यसपछि दिउँसोको समयमा सतह सुक्दै गएपछि टोलीहरूले आफ्ना ब्याटरबाट सहजै लक्ष्य भेट्न सक्छन् ।

जब बिहीबार दिउँसो जनकपुरका कप्तान हरमित सिंहले टस जिते, उनले पिच राम्ररी अवलोकन गरेपछि पहिले फिल्डिङ गर्ने निर्णय गरे । यदि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेका भए उनले पनि त्यसै गर्थे । तर टस जितेर पहिले बलिङ रोजेका टोलीहरू किन आधा समय मात्र जितिरहेका छन् ? लुम्बिनीसँगको हारपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक र कप्तानले औंल्याएअनुसार त्यो ‘खराब फिल्डिङ’ थियो ।

१६ रनले पराजित भएपछि हरमित सिंहले मिसफिल्ड र क्याच छाडेका कारण अतिरिक्त रन दिनुपरेको बताए । ‘यदि हामीले ती अतिरिक्त रन नदिएको भए स्थिति अर्कै हुन्थ्यो,’ सिंहले थपे ।

पत्रकार सम्मेलनमा जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले पनि यही कुरा दोहोर्‍याए । ‘हामीले राम्रो फिल्डिङ गरेनौं र राम्रो ब्याटिङ पनि गरेनौं,’ उनले भने, ‘हामीले लुम्बिनी टोलीलाई कम लक्ष्यमा रोक्न सक्नुपर्थ्यो ।’

तर के पहिले फिल्डिङ रोज्न टोलीहरूलाई आकर्षित गर्ने केवल विकेटको अवस्था मात्र हो ? होइन । यो छोटो फर्म्याटमा विश्वभरका टोलीहरू लक्ष्य पछ्याउन चाहन्छन् ।

क्रिकेट पोर्टल ईएसपीएक्रिकइन्फो ले सन् २०१७ को जनवरीमा ‘टी–२० मा टोलीहरू किन प्रायः लक्ष्य पछ्याउन रोजिरहेका छन्’ शीर्षकमा एक लेख लेखेको थियो । उक्त लेख बिगबास लिगमा टोलीहरूले पहिले फिल्डिङ रोज्न रुचाउने प्रवृत्तिमा आधारित थियो ।

क्रिकेटका सुरुवाती वर्षहरूमा परिस्थिति फरक थियो । १९७० को दशकको सुरुमा अस्ट्रेलियाका कप्तान इयान च्यापेलले भनेका थिए, यदि टस जितिन्छ भने दस पटकमा नौ पटक पहिले ब्याटिङ रोज्छन् अनि दसौंपटक यसबारे सोच्छन् । जे भए पनि पहिले ब्याटिङ नै गर्छन् । तर अहिले टोलीहरू टस जिते पनि दोस्रो इनिङ्समा ब्याटिङ गर्न चाहन्छन् ।

कोही भन्छन्, हालैका दिनहरूमा ब्याटरमैत्री वातावरण छ । किनभने विशेष गरी टी–२० क्रिकेटमा साना बाउन्ड्री र फ्ल्याट ट्र्याकहरू हुन्छन् । कोही भन्छन्, लक्ष्य पछ्याउँदा खेल सजिलो हुन्छ ।

क्रिकइन्फोको लेखमा २०१५ देखि २०२२ सम्म इंग्ल्यान्डका सीमित ओभरका कप्तान रहेका इयान मोर्गनलाई उद्धृत गरिएको थियो, ‘ब्याटरहरूले देखाएको सीपको स्तर, जोखिमको स्तरसँग जुध्ने र बाउन्ड्री खोज्ने सुधारको अर्थ सामान्यतया ब्याटिङ युनिट वा टोलीहरू आफ्नो लक्ष्य के हो भनेर थाहा पाउँदा निकै सहज महसुस गर्छन् । स्कोर पोस्ट गर्ने वा राम्रो स्कोर के हो भनेर थाहा पाउने अनिश्चितता झन् झन् कठिन बन्दै गएको छ ।’

एनपीएलको यस सिजनमा विराटनगर किंग्स र कर्णाली याक्ससँग पनि सम्भवतः यही भयो । उनीहरूले १८० भन्दा बढीको लक्ष्य दिए पनि हार बेहोरे । यसैबीच, तेस्रो सिजनले यो पनि देखाएको छ कि यदि टोलीसँग ‘इन्टेट’ छ भने टस हार्ने टोलीहरूलाई खासै असर पर्दैन ।

उदाहरणका लागि सुदूरपश्चिमविरुद्ध रात्रि खेलमा पहिले ब्याटिङ गर्न आमन्त्रित विराटनगरले ६ ओभरमा घटाइएको खेलमा १०५/२ को स्कोर बनाएको थियो, जहाँ सेहन जयसूर्या, लोकेश बम र आन्द्रे रसेल ठूलो स्कोर बनाउने उद्देश्यका साथ मैदानमा आएका थिए । ३० बलको इनिङ्समा उनीहरूले विकेटबारे धेरै चिन्ता लिनुपर्दैनथ्यो, त्यो बेग्लै कुरा हो । त्यसपछि सुदूरपश्चिम रोयल्स लक्ष्य पछ्याउने क्रममा ७०/३ मा सीमित हुँदै ३५ रनले पराजित भयो ।

जब त्यस्तो इन्टेट गायब थियो, बिहीबार पहिलो इनिङ्समा काठमान्डुविरुद्ध पहिले ब्याटिङ गर्न आमन्त्रित विराटनगर फेरि १८.३ ओभरमा ८३ रनमा अलआउट भयो । काठमान्डुले डेभिड वार्नरको ४४ रनको मदतमा १० ओभरभित्रै सहजै लक्ष्य भेट्टायो ।

नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जनकपु...

#एनपीएल #जितेर #ब्याटिङ
Compare →
Arthasansar
14h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #काठमान्डु #जितेर
Compare →
Nagarik News
9h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #ब्याटिङ
Compare →
Onlinekhabar
8h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#एनपीएल #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2611