Trending
Prev Story
Next Story

राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै

Ekantipur •
November 06, 2026 • 07:31 AM
1
1 reads 0 reactions

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए ।

राष्ट्र बैंकले बिहीबार रातीसम्म बेच्यो सुनको असर्फी, शुक्रबार चाँदी मात्रै बेच्दै

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए ।

काठमाडौँ — बिहीबार रातीसम्म सुनको असर्फी बेचेको राष्ट्र बैंकले शुक्रबार चाँदीका सिक्का मात्रै बिक्री गर्ने भएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले शुक्रबार चाँदी मात्रै बिक्री गरिरहेको जानकारी दिए ।

उनले भने, ‘सुन असर्फी लिन बिहीबार राती ९ बजेसम्म सर्वसाधारण लाइनमा थिए । हिजै स्टक लगभग सकिएपछि शुक्रबार चाँदीका सिक्का मात्रै बिक्री गर्ने भएका हौं ।’

राष्ट्र बैंकका कर्मचारीहरूले राती दुई बजेसम्म बसेर हिसाब किताब गरेको पनि दाहालले बताए। कति सुनका सिक्का बिक्री भए भन्ने जानकारी भने राष्ट्र बैंकले उल्लेख गरेको छैन ।

राष्ट्र बैंकले शुक्रबार प्रति दश ग्राम चाँदीको सिक्का ३७०० रूपैयाँमा बिक्री गरिरहेको छ ।

राष्ट्र बैंकले बिहीबार चाँदीको सिक्का ३८०० रूपैयाँमा र २.५ ग्रामका सुनका असर्फी प्रति सिक्का ६५ हजार ४ सय रूपैयाँमा बिक्री गरेको थियो ।

दुई वर्षदेखि राष्ट्र बैंकमा रहेको सुन मौज्दात सकिएपछि यसपटक वाणिज्य बैंकसँग किनेर भए पनि असर्फी बिक्री गरेको थियो । दसैंअघि नै बिक्रीको लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी टकामरी गरेको थियो ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
11h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#चाँदी #सुन
Compare →
Hamro Patro News
14h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७०० सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक। कार्तिक २७, २०८३ कान्ति एआई सुन र चाँदीको आजको भा...

#चाँदी #सुन
Compare →
Nagarik News
15h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुन #चाँदी
Compare →
Onlinekhabar
3d ago
एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन …

#सुन #चाँदी
Compare →
Arthasansar
15h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2611