Trending
Prev Story
Next Story

कर्णालीविरूद्ध सुदूरपश्चिम ब्याटिंग गर्दै

Ekantipur •
November 06, 2026 • 07:31 AM
1
1 reads 0 reactions

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज पहिलो खेल अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच भईरहेको छ ।

कर्णालीविरूद्ध सुदूरपश्चिम ब्याटिंग गर्दै

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज पहिलो खेल अन्तर्गत सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच भईरहेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । दुवै खेलको छिनछिनको अपडेटका लागि कीर्तिपुरस्थित क्रिकेट रंगशालको मिडिया सेन्टरमा कान्तिपुर खेल ब्युरोका हिमेश बज्राचार्य, ध्रुव तुलाधर, कञ्चन अधिकारी र फोटो पत्रकार हेमन्त श्रेष्ठ  छन् ।

सुदूरपश्चिम रोयल्सले ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८१ रन बनाएको छ । नवौं ओभरमा सूर्य तामाङले ७ रन खर्चेर सैफ जैबको विकेट लिए । जैब २४ बलमा ४ चौका र १ छक्कासहित ३५ रन बनाएर आउट भए । क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी २ र ब्रान्डन म्याकमलन ११ रनमा छन् ।

सुदूरपश्चिम रोयल्सले ७.२ ओभरमा पहिलो विकेट गुमाएको छ । पवन सर्राफको बलमा २ रन लिने क्रममा विनोद भण्डारी रनआउट भए । उनले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।

सुदूरपश्चिम रोयल्सले पावरप्लेको ६ ओभरमा बिना विकेटको क्षति ६३ रन बनाएको छ । छैटौं ओभरमा सोमपाल कामीले १२ रन खर्चिए । सैफ जैब १८ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा खेलिरहेका छन् । विनोद भण्डारीले १८ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले चार ओभरको समाप्तिमा बिना विकेटको क्षति ४५ रन बनाएको छ । चौथो ओभरमा १२ रन जोडिएको हो । विनोद भण्डारी १४ बलमा २ चौका र २ छक्कासहित २४ रनमा खेलिरहेका छन् । सैफ जैबले १० बलमा २ चौकासहित १६ रन बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सले पहिलो ओभरमा ७ रन जोडेको छ । मार्क वाटको ओभरमा विनोद भण्डारीले एक चौकासहित ६ रन बनाए । उनी ५ बलमा ६ रन बनाएर खेलिरहेका छन् । सैफ जैबले १ रन जोडेका छन् ।

सुदूरपश्चिम रोयल्सले ब्याटिङ सुरु गरेको छ । क्रिजमा विनोद भण्डारी र सैफ जैब छन् । कर्णालीका लागि मार्क वाटले बलिङ सुरु गरेका छन् ।

कर्णाली याक्समा सोमपाल कामी (कप्तान), गुलशन झा, नन्दन यादव, दीपक डुम्रे, युनिश सिंह ठकुरी, पवन सर्राफ, सूर्य तामाङ, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र डेभिड मिलर खेल्दैछन् ।

सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहरा, अनिल खरेल, सैफ जैब, ब्रान्डन म्याकमलन, थरिन्दु रत्नायाके र स्कट कुग्लेन खेल्दैछन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । दुवै खेलको छिनछिनको अपडेटका लागि कीर्तिपुरस्थित क्रिकेट रंगशालको मिडिया सेन्टरमा कान्तिपुर खेल ब्युरोका हिमेश बज्राचार्य, ध्रुव तुलाधर, कञ्चन अधिकारी र फोटो पत्रकार हेमन्त श्रेष्ठ  छन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कर्णाली आज सुदूरपश्चिमलाई हराउँदै प्रतियोगितामा तेस्रो जित निकाल्ने योजनामा छ । उसले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । लगातार दुई जित निकालेको कर्णाली पछिल्लो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो ।

सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा छ । उसले चार खेल खेल्दा दुईमा जित र दुईमा हार बेहोरेको छ । सुदूरपश्चिम आज कर्णालीलाई हराएर अंक तालिकामा आफ्नो स्थिति सुधार्न चाहन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

काठमान्डु गोर्खाजलाई हराउँदै प्ले–अफ चरणमा पुग्यो सुदूरपश्चिम रोयल्स

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई सात रनले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पह...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
12h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
9h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
11h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611