Trending
Prev Story
Next Story

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

Onlinekhabar •
November 06, 2026 • 07:30 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ ।

‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको कार्यक्रमले फेसन, जलवायु सचेतना, सांस्कृतिक संरक्षण, ग्रामीण सशक्तीकरण र दिगो पर्यटनलाई एकै मञ्चमा जोडेको फाउन्डेसनले जनाएको छ ।

आयोजक संस्था अध्यक्ष रमिला नेम्कुल श्रेष्ठका अनुसार कार्यक्रमले नेपालको हिमाली क्षेत्रमा भेडापालन र स्थानीय ऊनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो ।

यसबाट किसान, स्थानीय सिप, महिला तथा लघु उद्यमशीलता र फेसन उद्योगबीच सम्बन्ध स्थापित गर्ने दीर्घकालीन लक्ष्य राखेको छ ।

कार्यक्रमले जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको आवाज उठाउँदै दिगो उत्पादन, प्राकृतिक स्रोत संरक्षण र स्थानीय ज्ञानको महत्त्व उजागर गरेको समेत आयोजकले जनाएको छ ।

यसबाट बाजुरा र सुदूरपश्चिम क्षेत्रको प्राकृतिक सौन्दर्य, सम्पदा पर्यटन सम्भावना विश्वसामु चिनाउने अवसर सिर्जना गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् ...

#आयोजना #उत्पादन
Compare →
Ekantipur
4d ago
खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

मेलामा नेपाली उत्पादन, परम्परागत खाद्य सामग्री, फूलमाला, माटाका भाँडा, रैथाने बाली र अल्लोका सामग्रीसहित २६ स्टल राखिएका छन्।

#उत्पादन
Compare →
Nagarik News
4d ago
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ ।

#बाजुरा
Compare →

Related Stories

National (Nepal)
Build #2611