आज पुनर्मिलनको योग छ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछन् । दिनको उत्तरार्धमा भने आफूलाई कमजोर महसुस हुन सक्छ । रिस र आवेग नियन्त्रण गर्नु आवश्यक छ । आज भगवान् श्रीकृष्णको दर्शन गरी मनमा शान्ति र सम्बन्धमा मधुरताको कामना गर्नुहोला ।
कार्तिक महिना तपाईंको श्रम, लगनशीलता र इमानदारिताको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नुका साथै लामो समयदेखि उठ्न बाँकी रकमसमेत हात लाग्ने योग छ । सामाजिक तथा राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । आफन्तजनसँग भेटघाट हुनुका साथै रमणीय र सुखद् यात्राको अवसर मिल्नेछ । कुनै शुभकार्य गर्नुअघि वा यात्रामा निस्कनुपूर्व सूर्यदेवको स्मरण गरी कार्य आरम्भ गर्नाले लाभ तथा सफलता प्राप्त हुनेछ ।
देवगुरु बृहस्पति र शनिको प्रभावले तुला राशिलाई यो वर्ष शुभ फल मिल्नेछ । अधुरा कार्यहरू पूरा हुनेछ । सुख सुविधामा बढोत्तरी हुनेछ भने राहु र केतुको प्रभावले भने अकस्मात् हानी नोक्सानी हुनसक्छ ।
चोटपटकको भय रहने, सम्पत्तिमा विवाद बढ्ने, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । यो वर्ष आम्दानी बढ्नेछ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ ।
विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचनाप्रविधि लगायतका व्यवसायमा लाभ मिल्नेछ, तर आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । आर्थिक दृष्टिले साउन, भाद्र, पौष र चैत्र महिना बढी राम्रो रहनेछ । प्रेमी वा प्रेमीकाको लागि यो वर्ष त्यति राम्रो छैन । सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ ।
विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ । यो वर्ष अध्ययन र अध्यापन को अधुरा काम र अधुरा विषय पूरा हुनेछ । अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् ।
गणित र व्यवस्थापन विषय भने कमजोर रहन सक्छ । धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइनेछ । वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागिर खान खोज्ने हरूको लागि भने बढी मेहनेत गर्नु पर्नेछ ।
सामाजिक र राजनैतिक क्षेत्रमा आवद्ध जातकहरूलाई पनि अधिक सफलता मिल्नेछ । यो वर्ष स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । प्रजनन र हड्डीमा समस्या देखिन सक्छ, तर नियमित खानपिन, व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।
ग्रह पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न सोमबार शिवजीको दर्शन / पूजा गरे चाँडै सफलता पाइनेछ । रोगी र असहायलाई सहायता गर्नाले ग्रह पीडा कम भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि शिव भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।