Trending
Prev Story
Next Story

जनकपुरसँगको विजयले लुम्बिनी शीर्षमा मजबुत

Ekantipur •
November 05, 2026 • 10:32 AM
1
1 reads 0 reactions

लुम्बिनी १० खेलमा अपराजित रहेको छ । गत सिजन उपाधि जित्ने क्रममा लुम्बिनीले ६ खेल जितेको थियो । यस पटक टोलीको चितवन राइनोजसँगको खेलमा वर्षाका कारण रद्द भएको थियो ।

जनकपुरसँगको विजयले लुम्बिनी शीर्षमा मजबुत

लुम्बिनी १० खेलमा अपराजित रहेको छ । गत सिजन उपाधि जित्ने क्रममा लुम्बिनीले ६ खेल जितेको थियो । यस पटक टोलीको चितवन राइनोजसँगको खेलमा वर्षाका कारण रद्द भएको थियो ।

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा शीर्ष स्थानलाई मजबुत बनाएको छ । ‘च्याम्पियन क्ल्यास’ मा गत सिजनको विजेता लुम्बिनीले बिहीबार पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्‍यो ।

१ सय ५० रनको लक्ष्य लिएर आएको जनकपुरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा ८ विकेट गुमाई १ सय ३३ रनमात्र बनाउन सक्यो । ४ खेलमा तेस्रो विजय हात पारेपछि लुम्बिनीको १० अंक पुगेको छ र अन्य टोलीभन्दा ३ अंक बढीको अग्रता बनाएको छ । जनकपुरको ५ खेलमा यो तेस्रो हार हो ।

लुम्बिनी १० खेलमा अपराजित रहेको छ । गत सिजन उपाधि जित्ने क्रममा लुम्बिनीले ६ खेल जितेको थियो । यस पटक टोलीको चितवन राइनोजसँगको खेलमा वर्षाका कारण रद्द भएको थियो ।

जनकपुरले १० ओभरमा ५५ रनमात्र बनाउन सकेर ५ विकेट गुमाइसकेपछि खेलमा पछाडि परेको थियो । प्रतियोगितामा पहिलो खेल खेलिरहेका पर्भेज हुसैन इमोन १ रनमा आउट भए । तृतराज दास र सैफ हसनले दोस्रो विकेटमा ३६ रनको साझेदारी गरे । तर त्यसपछि जनकपुरले १४ रनको अन्तरमा अर्को ५ विकेट गुमाएको थियो ।

तृतलाई १८ रनमा डीआरसी शर्टले बोल्ड गरे । १८ बल नै खेलेका तृतले १ चौका प्रहार गरे । हुसैनले जनकपुरबाट २८ रन बनाए । उनले २५ बल खेली ४ चौका प्रहार गरे । विशाल सुस्लिङ ४, अनिल साह १, जिम्मी निसम ९ रन र अभिषेक तिवारी शून्यमा आउट भए ।

कप्तान हरमित सिंह र आदित्य महताले आठौं विकेटमा ४३ रनको साझेदारी गरे । शेर मल्लले हरमितलाई बोल्ड गरी यो साझेदारी तोडे । हरमितले २० बल खेली ३ छक्का प्रहार गरी ३३ रन बनाए । आदित्य २३ बल खेली ३० रनमा अविजित रहे । उनले ४ छक्का प्रहार गरे ।

लुम्बिनीबाट शर्टले ४ ओभरमा २३ रन खर्चेर ३, तिलकले २ ओभरमा र शेरले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए । रुबेन ट्रम्पलमनको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । यसअघि शट खेलको पहिलो बलमै आउट भए पनि लुम्बिनी चुनौतीपूर्ण स्कोर बनाउन सफल भएको थियो । ललित राजवंशीको पहिलो बलमा शटले राहुललाई क्याच दिन पुगे ।

अर्का ओपनर आसिफ शेख २१ बल खेली २ चौका र १ छक्का प्रहार गरी २१ रन बनाई हरमितको बलमा एलबीडब्लु आउट भए । तर आसिफले ‘डिसिजन रिभ्यु सिस्टम’ लिएनन् । तर टेलिभिजन रिप्लेमा बलले स्टम्प नलागेको देखाएको थियो ।

निरोशन डिकवेलाले २७ रन जोडे । उनले २७ बल नै खेल्दै २ चौका र १ छक्का प्रहार गरे । दिलीप नाथले २५ रन बनाए । उनले १६ बल खेली समान २ चौका र छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

जनकपुरले सुरुको १६ ओभर स्पिनर लगाएपछि १७ औं ओभरमा पेसर राहुल यादवलाई ल्याएको थियो । त्यसको अर्को ओभरमा अर्का मध्यमगतिका बलर अभिषेकले रोहितलाई आउट गरे । सामिम हुसैन १३ बलमा १ छक्का प्रहार गरी १३ रन बनाई राहुलको बलमा आउट भए । सन्दीप जोरा ४ बल खेली २ चौका प्रहार गरी ९ र ट्रम्पलमन ८ बल खेली २ छक्का प्रहार गरी १५ रनमा आउट भए ।

जनकपुरबाट अफ स्पिनर सुस्लिङले ४ ओभरमा २१ र राहुलले २ ओभरमा १७ रन खर्चेर २–२ विकेट लिए । हरमितले ४ ओभरमा २५ र ललितले ४ ओभरमा ३१ रन खर्चेर १–१ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको प्लेअफमा पहिलो स्थान बनाउने टोली लुम्बिनी लायन्स बनेको छ।

#लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612