Trending
Prev Story
Next Story

काठमाडौं महानगरले भन्यो- 'प्लास्टिकजन्य फोहरमैला नबाल्नू'

Ekantipur •
November 05, 2026 • 06:31 AM
1
1 reads 0 reactions

जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुन सक्ने जोखिम बढ्नसक्ने भन्दै महानगरले प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको हो ।

काठमाडौं महानगरले भन्यो- 'प्लास्टिकजन्य फोहरमैला नबाल्नू'

जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुन सक्ने जोखिम बढ्नसक्ने भन्दै महानगरले प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको हो ।

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ ।

सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ नै वायु प्रदूषणका प्रमुख कारण रहेको वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरिन् ।

विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने गर्नुपर्छ । यस्तै, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
10h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#काठमाडौं-महानगर #काठमाडौं #महानगर
Compare →
Hamro Patro News
2d ago
तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

तिहारमा पटाकाको आतंक : वायु प्रदूषणदेखि स्थायी बहिरोपनसम्मको जोखिम

काठमाडौं । तिहारमा पटाका तथा आतसबाजीको प्रयोग बढेसँगै वायु र ध्वनि प्रदूषणको जोखिम पनि बढेको छ। पटाका पड्काउँदा निस्कने धुवाँ, धुलो र विषाक्त रासायनिक पदार्थले वायु प्रदूषण बढाउनुका साथै विस्फोटबाट...

#प्रदूषण #वायु
Compare →

Related Stories

National (Nepal)
Build #2611