Trending
Prev Story
Next Story

लमजुङमा प्लाष्टिकका फूलजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

Ekantipur •
November 05, 2026 • 06:31 AM
1
1 reads 0 reactions

जिल्ला प्रशासनले तिहार र छठमा प्लाष्टिकका सामग्रीको सट्टा प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गर्दै उल्लङ्घनमा जरिवाना हुने जनाएको छ।

लमजुङमा प्लाष्टिकका फूलजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

जिल्ला प्रशासनले तिहार र छठमा प्लाष्टिकका सामग्रीको सट्टा प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गर्दै उल्लङ्घनमा जरिवाना हुने जनाएको छ।

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले प्लाष्टिकजन्य फूल, फूलमाला तथा फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ ।

प्लाष्टिकजन्य फूलमाला तथा फूलगुच्छाको प्रयोग नगर्न समेत नागरिकलाई आग्रह गरेको छ । तिहार, छठलगायतका पर्वमा प्लाष्टिकजन्य फूलमाला, खादालगायतका सामग्रीको सट्टा फूल र फूलमाला प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एक सूचना जारी गर्दै वातावरणमैत्री तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न प्राकृतिक फूलबाट बनेका माला तथा फूलगुच्छा प्रयोग गर्न आग्रह गरेको गरेको छ। लमजुङका विभिन्न पालिकामा पुष्पखेती व्यवसायका रुपमा विकास भइरहेको र मुलुकसमेत पुष्प व्यवसायमा क्रमशः आत्मनिर्भर हुँदै गएकाले प्लाष्टिकजन्य फूलमाला, खादालगायतका सामग्री प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा पूर्ण रोक लगाएको प्रशासनले जनाएको छ ।

प्लाष्टिकजन्य फूलमालाको उत्पादन, बिक्रीवितरण, ओसारपसार तथा उपभोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । बजार अनुगमनका क्रममा त्यस्ता सामग्री बिक्रीवितरण भएको पाइएमा जफत गरी कडा जरिवाना गरिने सूचनामा उल्लेख छ ।

वातावरण संरक्षणसँगै स्थानीय पुष्पखेतीको प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्राकृतिक रुपमा उत्पादित फूलमालाको प्रयोग गर्न प्रशासनले सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालय र आम जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बताए । वातावरणमैत्री अभ्यास अपनाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न प्रशासनले अनुरोध गरेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला बेचे वा प्रयोग गरे कडा कारबाही !

तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला बेचे वा प्रयोग गरे कडा कारबाही !

पोखरा । तिहारलाई वातावरणमैत्री र स्थानीय उत्पादनमैत्री बनाउन पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्ने अभियान थालेको छ। महानगरपालिकाले तिहारको समयमा बजारमा...

#फूलमाला #प्रयोग
Compare →
Nagarik News
1w ago
तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाल प्रहरीले तिहारमा पटका तथा आतीसबाजी नगर्न आमनागरिकसँग अनुरोध गरेको छ।

#प्रयोग
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#प्रयोग
Compare →

Related Stories

World News
Build #2611