Trending
Prev Story
Next Story

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

Ekantipur •
November 09, 2026 • 06:31 AM
1
1 reads 0 reactions

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो ।

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो ।

लमजुङ — लमजुङमा शाहवंशीय शासन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका खजे दुराको शालिक पुनःस्थापना गरिएको छ ।

सुन्दरबजार नगरपालिका–३, चन्द्रेश्वर च्यानपाटास्थित खजे पार्कमा उनको नयाँ शालिक स्थापना गरिएको हो । खजे दुराको स्मृतिमा आयोजित ५१औं स्मृति दिवसका अवसरमा शनिबार शालिक पुनःस्थापना गरिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य डा. टकराज गुरुङ र दुरा सेवा समाजका अध्यक्ष सुरेशकुमार दुरालगायतले शालिक अनावरण गरे ।

लमजुङको दोर्दी गाउँपालिका–३, श्रीमञ्ज्याङका कलाकार चेतनाथ घिमिरेले २०३३ सालमा तयार पारेको स्केचका आधारमा २०३७ सालमा खजेगाउँका दुरा समुदायले उक्त स्थानमा पहिलोपटक खजे दुराको शालिक स्थापना गरेका थिए ।

कलाकार मनबहादुर विश्वकर्माले निर्माण गरेको उक्त शालिक २०५७ सालमा फुटेपछि उनकै सहयोगमा अर्को शालिक बनाइएको थियो । दोस्रो शालिक पनि जीर्ण बनेपछि अहिले पित्तलको लेप लगाइएको नयाँ शालिक निर्माण गरी पुनःस्थापना गरिएको खजे दुरा पार्क संरक्षण समितिले जनाएको छ । यसपटक विष्णुभक्त बरालले शालिक बनाएका हुन् ।

इतिहासअनुसार खजे दुराले लमजुङमा घले राजाको शासन अन्त्य गरी शाहवंशीय शासन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनले कास्कीका राजा कुलमण्डन शाहका छोरा कालु शाहलाई लमजुङ ल्याएर राजा बनाउन खोजेका थिए । तर घले राजाका सैनिकले तुर्लुङकोटस्थित वनकाली जंगलमा कालु शाहको हत्या गरिदिए ।

त्यसपछि खजे दुराले कुलमण्डन शाहका कान्छा छोरा डेढ वर्षका यशोब्रहृम शाहलाई ज्याबीमा राखेर लमजुङ ल्याएको इतिहासमा उल्लेख छ । खजे दुराले सहयोगीहरुको साथमा वि.सं. १५५० असार १५ गते उनलाई लमजुङ दरबार पुर्‍याएर राजगद्दीमा विराजमान गराएका थिए ।

यशोब्रहृम शाहलाई लमजुङ ल्याउने क्रममा सुकभर क्याउछा, चामु धिंगाल, लक्ष्मण दुरा, कुश्माखर घिमिरेलगायतले सहयोग गरेका थिए । यस घटनालाई लमजुङमा शाहवंशीय शासन स्थापनाको महत्वपूर्ण आधारका रुपमा लिइन्छ । यशोब्रहृम शाहपछिका पुस्ताका एघारौं राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान अघि बढाएका थिए । खजे दुराको अनुहार कस्तो थियो भन्ने यकिन गर्ने तस्बिर वा अन्य दृश्य अभिलेख उपलब्ध छैन । कलाकार घिमिरेले तयार पारेको स्केचलाई नै उनको शालिक निर्माणको आधार बनाइएको थियो ।

दुरा समुदायले खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने मागसमेत गर्दै आएको छ । उनको योगदानको उचित मूल्यांकन गरी राष्ट्रिय सम्मान प्रदान गर्नुपर्ने, हुलाक टिकटमा तस्बिर समेट्नुपर्ने, इतिहासका पाठ्यसामग्रीमा उनको योगदान समावेश गर्नुपर्ने माग समाजका अगुवाहरुले उठाउँदै आएका छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ।

#शालिक
Compare →
Hamro Patro News
6d ago
पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारितासँगै फूलखेतीमा लमजुङका पत्रकार

पत्रकारिताको व्यस्त दैनिकीसँगै लमजुङका केही पत्रकार व्यावसायिक फूलखेतीमा पनि सक्रिय भएका छन् । तिहारमा सयपत्री फूलको माग बढेपछि उनीहरूले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ भने यसबाट थप आम्दा...

#लमजुङ
Compare →

Related Stories

World News
Build #2611