Trending
Prev Story
Next Story

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

Nagarik News •
November 10, 2026 • 03:44 AM
1
1 reads 0 reactions

मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ।

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ।

भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा २० लाख रुपैयाँ खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले बताए।

राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो। मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको र अरू रकम जनसहयोगबाट जुटाइएको उनले बताए। शालिक राखिएको स्थललाई समेत भक्तपुरे प्राचीन कला शैलीमा सजाइएको छ भने शालिकका लागि एउटै ढुङ्गामा मूर्ति कुँदिएको निर्माण समितिका सचिव मिलनराज प्रसाईले बताए।

प्रकाशित: २४ कार्तिक २०८३ ०९:२९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
3d ago
साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् वर्ष गणना मात्र नभई ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त संस्कृति भएको बताएका छन् ।

#साख्वा
Compare →
Hamro Patro News
3d ago
शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल

शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छिन्। मंगलवार न...

#साख्वा
Compare →

Related Stories

World News
Build #2611