Trending
Prev Story
Next Story

'नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो'

Nagarik News •
November 10, 2026 • 03:46 AM
1
1 reads 0 reactions

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको मौलिक इतिहास, सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण प्रतीक भएको बताएका छन्।

'नेपाल संवत् राष्ट्रिय पहिचान र सांस्कृतिक एकताको साझा सम्पदा हो'

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् नेपालको मौलिक इतिहास, सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण प्रतीक भएको बताएका छन्।

नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई नेपाल संवत् प्रारम्भ गरेको स्मरण गर्दै सभामुख अर्यालले यस संवत्ले जनकल्याण, परोपकार र सामाजिक न्यायको सन्देश बोकेको उल्लेख गरेका छन्।

नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग विशेष रूपमा जोडिए पनि यसको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व सम्पूर्ण नेपालीको साझा सम्पदा भएको उनको भनाइ छ। यससँग जोडिएका जात्रा, पर्व, परम्परा र रीतिरिवाजले नेपालको मौलिक सभ्यता र सांस्कृतिक विविधतालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्।

यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति भएको उल्लेख गर्दै उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

सभामुख अर्यालले नेपाल संवत्को संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण राज्य तथा नागरिक सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। यसका लागि सरकारले नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

संसद्ले पनि भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण तथा नीतिगत बहसका माध्यमबाट प्राथमिकताका साथ सम्बोधन गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ ०९:३१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय...

#संवत् #सभामुख #अर्याल
Compare →
Onlinekhabar
3d ago
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय समारोह समितिले मंगलबार वसन्तपुर डबलीमा आयोजना …

#संवत् #सभामुख #अर्याल
Compare →
Ekantipur
3d ago
साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् वर्ष गणना मात्र नभई ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त संस्कृति भएको बताएका छन् ।

#सभामुख #अर्याल
Compare →

Related Stories

National (Nepal)
Build #2611