Trending
Prev Story
Next Story

सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल

Ekantipur •
November 09, 2026 • 06:31 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल हुनेछ । प्ले अफमा पुग्नलाई कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । कर्णालीको ४ खेलमा २ जित र २ हारका साथ ४ अंक छ । पोखरा पहिलो चारै खेलमा पराजित भएर प्ले अफको समीकरण दौडबाट लगभग बाहिरिसकेको छ ।

सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल

नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल हुनेछ । प्ले अफमा पुग्नलाई कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । कर्णालीको ४ खेलमा २ जित र २ हारका साथ ४ अंक छ । पोखरा पहिलो चारै खेलमा पराजित भएर प्ले अफको समीकरण दौडबाट लगभग बाहिरिसकेको छ ।

कर्णाली याक्सले २ खेलाडी परिवर्तन गरेको छ । युनिसविक्रम सिंह ठकुरी र पाकिस्तानी अलराउन्डर हुसैन तलातको स्थानमा युवराज खत्री र बंगलादेशका ओपनर जिशन आलमलाई खेलाइरहेको छ ।

पोखरा एभेन्जर्सले अघिल्लो खेल खेलेको टोलीबाट सागर ढकाल, सुदीप अर्याल र सदिरा समराविक्रमाको स्थानमा विवेक रानामगर, धनञ्जय लक्षण र सन्नी विकलाई खेलाएको छ ।

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
3h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
3h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
10h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2611