नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्ली पाकिस्तानको लाहोरलाई उछिन्दै शुक्रबार विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि २ करोड जनसङ्ख्या रहेको दिल्ली बाक्लो धुवाँ र तुवाँलोले ढाकिएको छ । प्रदूषणका कारण सहरका विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि न्यून स्तरमा पुगेको छ ।
स्विट्जरल्यान्डस्थित वायु गुणस्तर अनुगमन गर्ने संस्था आइक्यूएयर का अनुसार शुक्रबार दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३३४ पुगेको थियो । यसलाई स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ । यो सूचकाङ्कका आधारमा दिल्ली विश्वका प्रमुख सहरमध्ये सबैभन्दा बढी प्रदूषित बनेको हो ।
Read full story at source ( ratopati.com )