Trending
Prev Story
Next Story

बरुण हाइड्रोपावरको खुद नाफा र आम्दानीमा सकारात्मक वृद्धि

Arthasansar •
November 05, 2026 • 06:05 AM
1
1 reads 0 reactions

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

बरुण हाइड्रोपावरको खुद नाफा र आम्दानीमा सकारात्मक वृद्धि

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा र आम्दानीमा वृद्धि देखिएको हो ।

सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड २६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२४ प्रतिशतले धेरै हो । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ करोड ८९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा आएको कमीले कम्पनीको नाफालाई बढाउनमा भूमिका खेलेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर ४ करोड १४ लाख २६ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको सोही अवधिमा ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ रहेको थियो । कुल ग्रस प्रोफिट ३ करोड ५० लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफा ३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको वित्तीय खर्च गत वर्षको ६४ लाख ५७ हजार रुपैयाँबाट घटेर ४५ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । जसले ऋणको भार घट्दै जाँदा खुद नाफालाई सीधा टेवा पुगेको स्पष्ट पार्छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ११ करोड ३६ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ । वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४० पैसा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
ट्रेड टावरको नाफा ४४ प्रतिशत वृद्धि, ईपीएसमा पनि सुधार

ट्रेड टावरको नाफा ४४ प्रतिशत वृद्धि, ईपीएसमा पनि सुधार

काठमाण्डौ । ट्रेड टावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको...

#नाफा #आम्दानी #वृद्धि
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #आम्दानी
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Nagarik News
1w ago
भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन

भरतपुरका निजी विद्यालयको असहमति : शुल्क वृद्धि स्थगन गर्ने निर्णय मान्य छैन

भरतपुर महानगरपालिकाले गत कात्तिक १६ गते संस्थागत विद्यालयमा गरिएको शुल्क वृद्धि हाललाई स्थगित गर्ने निर्णय गरे पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले उक्त निर्णयप्रति असहमति जनाएको छ।

#वृद्धि
Compare →
Onlinekhabar
1d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2611