Trending
Prev Story
Next Story

इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

Arthasansar •
November 05, 2026 • 06:05 AM
1
1 reads 0 reactions

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबि) ले ८ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा...

इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबि) ले ८ लाख भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ७ हजार ६०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि बैंकले हाल कायम संस्थापक सेयरधनीलाई ३५ दिनको समय उपलब्ध गराएको छ । बैंकका अनुसार सम्बन्धित सेयरधनीले आफ्नो नाममा रहेको सेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिद गर्ने अवसर दिएको हो ।

निर्धारित ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा वा प्रस्तावित सबै सेयर बिक्री हुन नसकेमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यस्तो बिक्री प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
14h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#सेयरधनी #राष्ट्र-बैंक
Compare →
Hamro Patro News
1d ago
बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

#बिक्री
Compare →

Related Stories

Business & Economy
Build #2611