Trending
Prev Story
Next Story

३२ प्रतिशतले बढ्यो नेशनल लघुवित्तको नाफा, इपीएस कति ?

Arthasansar •
November 05, 2026 • 06:05 AM
1
1 reads 0 reactions

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको...

३२ प्रतिशतले बढ्यो नेशनल लघुवित्तको नाफा, इपीएस कति ?

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विरण अनुसार गत आवको भन्दा ३२ प्रतिशनले नाफा बढेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले १९ करोड ५ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.०५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा संस्थाले १४ करोड ४२ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १७.६२ प्रतिशतले बढेर ४९ करोड ७८ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४२ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, संस्थाको कुल सञ्चालन आम्दानी ५८ करोड ४१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४८ करोड ४७ लाख ३४ हजार रुपैयाँ थियो । यस अवधिमा सञ्चालन आम्दानी २०.५० प्रतिशतले बढेको देखिन्छ ।

संस्थाको सञ्चालन नाफा पनि ३२.०५ प्रतिशतले बढेर २७ करोड २१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा २० करोड ६१ लाख २४ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा ब्याज आम्दानी ८७ करोड ९३ लाख २२ हजार रुपैयाँ रहेको छ भने ब्याज खर्च ३८ करोड १५ लाख १ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा संस्थाको कर्जा तथा सापटी प्रवाह २ हजार ८७८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा २ हजार ७९६ करोड ६६ लाख २७ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, ग्राहकबाट संकलित निक्षेप ८१० करोड ५६ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा निक्षेप ८०० करोड ३३ लाख ४० हजार रुपैयाँ थियो ।

संस्थाको कुल सम्पत्ति ३ हजार २५४ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यमा कुल सम्पत्ति ३ हजार ४७४ करोड ५६ लाख ७६ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा संस्थाको कुल दायित्व २ हजार ८११ करोड ३७ लाख ९० हजार रुपैयाँ रहेको छ । संस्थाको चुक्ता पुँजी १५२ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा तथा सञ्चित कोषमा १८५ करोड ७८ लाख २६ हजार रुपैयाँ र कायम रहेको वितरणयोग्य नाफासहितको सञ्चित मुनाफा १०५ करोड ५३ लाख २१ हजार रुपैयाँ रहेको छ । कुल सेयरधनीकोष ४४३ करोड ४५ लाख १० हजार रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ०९ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४३ रुपैयाँ ३४ पैसा थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ ४८ पैसा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको...

#नाफा #लघुवित्त #खुद
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Hamro Patro News
1w ago
एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार एभरेष्ट बैंक लिमिटेडको मुख्य वित्तीय सूचकहरूमा दबाब देखिएको छ । बैंकको निक्षेप तथा कर्जा विस्तारमा केही वृद्धि देखिए तापनि शेयरधनीह...

#वित्तीय #नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611