काठमाडौं । कोका–कोला उत्पादक कम्पनी बोटलर्स नेपालका दुवै कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी र खुद नाफा बढेको छ। बोटलर्स नेपाल लिमिटेड (बालाजु) को सञ्चालन आम्दानी २.२ प्रतिशत र खुद नाफा ६.४ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको आम्दानी ८.३ प्रतिशत र खुद नाफा २५.१ प्रतिशत बढेको छ।
दुवै कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बालाजुको सञ्चालन आम्दानी ३ अर्ब ७७ करोड १२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६९ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस वर्ष आम्दानी ८ करोड १ लाख रुपैयाँ अर्थात् २.२ प्रतिशत बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )