Trending
Prev Story
Next Story

पासाङले चौँरीगोठमै भेटे विदेशभन्दा राम्रो अवसर

Hamro Patro News •
November 05, 2026 • 03:16 AM
1
1 reads 0 reactions

रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालन गरेर रमाइरहेका छन्। आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँ...

1 / 2
Swipe Photos

रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालन गरेर रमाइरहेका छन्। आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा।

तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे। हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरीपालनलाई निरन्तरता दिने सोचसहित उनले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
6d ago
साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदीमा निश्चित पेसामा विदेशी श्रमिकको अवसर खुम्चिँदै

साउदी अरबले पर्यटन क्षेत्रका ४ पेसामा आफ्ना नागरिकका लागि शतप्रतिशत रोजगारी आरक्षित गरेको छ भने १२ पेसामा ७० र अन्य १२ पेसामा ५० प्रतिशत स्थानीयकरण लागू गरेको छ । त्यस्तै, प्रशासनिक तथा सहयोगी सेवाका ६९ पेसामा पनि शतप्रतिशत रोजगारी आफ्ना नागरिकका लागि आरक्षित गरेको छ ।

#रोजगारी #अवसर
Compare →
Nagarik News
2d ago
दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

जुलाईदेखि लगातार चार महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहेको हो। यसले समग्र श्रम बजारमा सुधार देखिए पनि त्यसको लाभ सबै उमेर समूहमा समान रूपमा पुग्न नसकेको देखाउँछ।

#रोजगारी #अवसर
Compare →

Related Stories

Technology
Build #2611