Trending
Prev Story
Next Story

युनिलिभर नेपालको नाफा १६ प्रतिशत घट्यो

Bizshala •
November 05, 2026 • 02:03 AM
1
1 reads 0 reactions

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा १६ प्रतिशतले घटेको छ ।...

युनिलिभर नेपालको नाफा १६ प्रतिशत घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा १६ प्रतिशतले घटेको छ । कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने १२ प्रतिशतले बढेर २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो ।

आम्दानी बढे पनि कच्चा पदार्थ, कर्मचारी तथा अन्य खर्चमा वृद्धि हुँदा कम्पनीको नाफा घटेको हो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #युनिलिभर #घटे
Compare →
Arthasansar
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतको वृद्धि, अधिकांश वित्तीय सूचकमा सुधार

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा उल्लेख्य सुधार भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत...

#नाफा #खुद
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Onlinekhabar
1w ago
सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

सुनको मूल्य तोलामा ५ हजार ९ सय घट्यो

२० कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला …

#घटे #घट्यो
Compare →

Related Stories

National (Nepal)
Build #2611