Trending
Prev Story
Next Story

नेपाल प्रत्यायन केन्द्र स्थापना

Nagarik News •
November 05, 2026 • 01:09 AM
1
1 reads 0 reactions

सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ।

नेपाल प्रत्यायन केन्द्र स्थापना

सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रममा बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपककुमार साहले  उद्घाटन गरे।

उनले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा यस केन्द्रको सञ्चालन कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गरे।

नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो।

मन्त्रालयका अनुसार केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याव, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ। यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ।

साथै केन्द्रको स्थापनापछि खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुँदा आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

'नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ। यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन समेत सहयोग पुग्नेछ,' मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नागरिकले सुरक्षित वस्तु पाउनुपर्छ, उद्योगीले अनावश्यक खर्च र झन्झटबाट मुक्ति पाउनुपर्छ र नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान बनाउनुपर्छ भन्ने विषयलाई आत्मसात् गर्दै केन्द्रको स्थापना गरिएको हो।

प्रकाशित: १९ कार्तिक २०८३ ०६:५४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना

औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना

काठमाडौं । सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको आज एक कार्यक्रममा बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपकक...

#स्थापना #प्रत्यायन #औद्योगिक
Compare →
Bizshala
1w ago
नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

काठमाडौं । सरकारले औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन...

#स्थापना #प्रत्यायन
Compare →
Onlinekhabar
6d ago
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको १० महिना बितिसक्दा पनि डोल्पोबुद्ध गाउँपालिकाको धोमा …

#स्थापना
Compare →
Ekantipur
4d ago
लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो ।

#स्थापना
Compare →

Related Stories

Business & Economy
Build #2611