Trending
Prev Story
Next Story

४० रोपनीमा सयपत्री फूल खेती, तिहारमा १२ हजार माला बेच्ने लक्ष्य

Ekantipur •
November 04, 2026 • 02:01 PM
1
1 reads 0 reactions

दिक्तेल रूपाकोट मझुवागढी–४ स्थित खोटाङ एग्रो इन्डस्ट्रीले ९ हजार माला काठमाडौं र ३ हजार जिल्लामा बेच्ने लक्ष्य राखेको छ । यसबाट ३०-३५ लाख आम्दानी गर्ने एग्रोको लक्ष्य छ ।

४० रोपनीमा सयपत्री फूल खेती, तिहारमा १२ हजार माला बेच्ने लक्ष्य

दिक्तेल रूपाकोट मझुवागढी–४ स्थित खोटाङ एग्रो इन्डस्ट्रीले ९ हजार माला काठमाडौं र ३ हजार जिल्लामा बेच्ने लक्ष्य राखेको छ । यसबाट ३०-३५ लाख आम्दानी गर्ने एग्रोको लक्ष्य छ ।

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका चन्द्र केसीलाई आजभोलि फूल टिप्न र माला उन्न चटारो छ । तिहार नजिकै आइसकेकाले बारीमा फुलेको फूल बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ भएको हो ।

केसीले बाम्राङमा सञ्चालन गरेको खोटाङ एग्रो इन्डस्ट्री फर्ममा करिब ४० रोपनी जग्गामा सयपत्री फूल उत्पादन भएको छ । उक्त फर्ममा कार्यरत बाम्राङका लेखबहादुर रम्तेलका अनुसार तिहारमा करिब १२ हजार माला तयार गर्ने लक्ष्य राखेका छन् । यसमध्ये ९ हजार माला काठमाडौंमा र बाँकी ३ हजार जिल्लामै खपत हुने रम्तेलले सुनाए । यसबाट करिब ३० देखि ३६ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने लक्ष्य लिएको रम्तेलको भनाइ छ । ‘तिहारमा करिब १२ हजार माला बिक्री गर्ने लक्ष्य छ, यसमध्ये ९ हजार काठमाडौंमा र बाँकी ३ हजार जिल्लामै खपत हुन्छ भन्ने लागेको छ,’ रम्तेलले भने, ‘यसबाट ३०-३५ लाख आम्दानी गर्न सकिन्छ कि भन्ने आशा छ ।’

फूल टिप्न र माला उन्न दैनिक २५-२६ जना खटिएको रम्तेलले सुनाए । माला उन्नेलाई प्रतिमाला ७ रुपैयाँका दरले दिइएको छ । एक जना कामदारले एक दिनमा एक सयभन्दा बढी फूलका माला तयार गर्न सक्ने भएकाले आम्दानी पनि राम्रो हुने गरेको चन्द्र केसीले बताए । ‘कम्तीमा एक जनाले एक सयभन्दा बढी माला तयार गर्न सक्छन्,’ केसीले भने, ‘यसबाट रोजगारी पनि सिर्जना भएको छ ।’

तिहारका लागि बुधबार २ हजार माला काठमाडौं पठाइएको छ । अरू पनि पठाउने क्रम जारी रहने केसीले सुनाए । उनका अनुसार केही दिन फूललाई स्टोर गरेर राख्ने र त्यसपछि बजारमा बेच्ने लक्ष्य लिइएको छ । ‘बजार केही दिनपछि मात्र सुरु हुन्छ, त्यतिन्जेलका लागि स्टोर गरेर राख्नुपर्ने हुन्छ,’ केसीले भने, ‘पहिलो चोटि यो व्यवसाय सुरु गरिएको छ, आशा छ, राम्रै होला ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
7h ago
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

#लक्ष्य
Compare →
Hamro Patro News
1d ago
प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन

प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले खुसी व्यक्त गरेका छन् । बिहीबारको जितसँग...

#लक्ष्य
Compare →

Related Stories

Business & Economy
Build #2611