Trending
Prev Story
Next Story

भोटेकोशी–त्रिशूली बाढी : २० अर्ब ९० करोड रुपैयाँ बीमा दाबी, भुक्तानी २३ करोड मात्रै

Arthasansar •
October 15, 2026 • 05:10 PM
1
1 reads 0 reactions

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको...

भोटेकोशी–त्रिशूली बाढी : २० अर्ब ९० करोड रुपैयाँ बीमा दाबी, भुक्तानी २३ करोड मात्रै

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ । बीमा प्राधिकरणमा प्राप्त विवरण अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुई हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो ।

प्राधिकरणको विवरण अनुसार बाढीबाट भएको क्षतिबापत अनुमानित बीमा दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ रहेको छ । त्यसमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । यो कुल अनुमानित दाबी रकमको तुलनामा निकै कम हो । बीमा कम्पनीमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा सबैभन्दा बढी दाबी परेको छ । उक्त कम्पनीमा १६१ बीमितबाट ६६ करोड ११ लाख ९५ हजार रुपैयाँको अनुमानित दाबी परेको विवरणमा उल्लेख छ । त्यसैगरी सानिमा जीआईसी इन्स्योरेन्समा १९२ बीमितको ३४ करोड ३२ लाख ४५ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४५९ बीमितको २६ करोड ५५ लाख ८६ हजार रुपैयाँको दाबी परेको छ ।सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २२९ बीमितको १७ करोड ५८ लाख १४ हजार रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६६ बीमितको १२ करोड ५३ लाख ८९ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ ।

भुक्तानीतर्फ भने शिखर इन्स्योरेन्सले सबैभन्दा बढी रकम भुक्तानी गरेको छ । कम्पनीले १९ करोड ८९ लाख तीन हजार रुपैयाँ भुक्तानी गरेको विवरणमा उल्लेख छ । त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले एक करोड ४९ लाख ६२ हजार रुपैयाँ, आईएमई प्रुडेन्सियल इन्स्योरेन्सले एक करोड १६ लाख ५३ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६७ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

बीमालेखको प्रकार अनुसार हेर्दा सम्पत्ति बीमामा सबैभन्दा बढी दाबी परेको छ । सम्पत्ति बीमाअन्तर्गत ५७२ बीमितको ९५ करोड ७१ लाख ९८ हजार रुपैयाँको अनुमानित दाबी परेको छ । यस शीर्षकमा हालसम्म आठ करोड ६२ लाख ८३ हजार रुपैयाँ भुक्तानी भएको छ । त्यसैगरी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाअन्तर्गत १७४ बीमितको ४३ करोड ९७ लाख २६ हजार रुपैयाँको दाबी परेको छ । यसमा ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।

मोटर बीमाअन्तर्गत सबैभन्दा धेरै एक हजार ६८ बीमितको २८ करोड ५० लाख ३४ हजार रुपैयाँको अनुमानित दाबी परेको छ । यस शीर्षकमा छ करोड सात लाख ४४ हजार रुपैयाँ भुक्तानी भएको छ। परिवहन बीमा अन्तर्गत १०६ बीमितको २३ करोड ४० लाख ५९ हजार रुपैयाँको दाबी परेकोमा सात करोड ८२ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको छ । अन्य बीमाअन्तर्गत ४५५ बीमितको १५ करोड १० लाख तीन हजार रुपैयाँको दाबी परेको छ भने ७६ लाख ३० हजार रुपैयाँ भुक्तानी भएको छ ।स्वास्थ्य बीमा अन्तर्गत ५२ बीमितको दुई करोड ३९ लाख १४ हजार रुपैयाँको अनुमानित दाबी परेको विवरणमा उल्लेख छ । उक्त शीर्षकमा हालसम्म भुक्तानी भएको रकम उल्लेख गरिएको छैन ।

बीमा प्राधिकरणमा २०८३ असोज २८ गतेसम्म प्राप्त विवरणका आधारमा तयार गरिएको तथ्याङ्कले बाढीबाट भएको क्षतिबापत ठूलो रकमको बीमा दाबी परेको देखाएको छ । तर, प्रारम्भिक दाबीको तुलनामा हालसम्म भुक्तानी भएको रकम भने न्यून रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#बाढी #भोटेकोशी
Compare →
Nagarik News
4d ago
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

#बाढी #भोटेकोशी
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#भोटेकोशी #बाढी
Compare →
Ekantipur
17h ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#बीमा
Compare →

Related Stories

Business & Economy
Build #2611