Trending
Prev Story
Next Story

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

Nagarik News •
November 09, 2026 • 03:26 AM
1
1 reads 0 reactions

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए।

उनका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि भूबनोट कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग बुझाइएको छ। बाढी र कटानका कारण गाउँमा रहेको एक विद्यालय र प्रहरी चौकी पनि सङ्कटमा परेका छन्।

आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकलाई सरकारले सुरक्षित आवासको अधिकार प्रत्याभूत गराउनुपर्ने बताउँदै जोखिमयुक्त बस्तीलाई तत्काल अन्यत्र सार्नुको विकल्प नरहेको उल्लेख गरे।

यसैबीच भोटेकोशी बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने सम्बन्धमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक भएको छ।

बैठकले रसुवाका स्थानीय तहका वडा कार्यालयमा प्राप्त निवेदनका आधारमा सम्बन्धित स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले गरेको निर्णय अनुमोदन गरी विस्तृत विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सिफारिस गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जोखिममा परेका बस्तीको विषयमा भूगर्भविद्हरूले स्थलगत अध्ययन गरेपछि मात्र स्थानान्तरणको ठोस निर्णय लिइने बताए। बाढीमा बेपत्ता तथा सम्पर्कविहीन नागरिकको वडा तहबाट प्राप्त निवेदनका आधारमा केन्द्रमा सिफारिस गर्ने प्रक्रिया अघि बढिसकेको उनले बताए।

प्रकाशित: २३ कार्तिक २०८३ ०९:११ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

बाँके । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन । बाढीमा परी गाउँका पाँच जना ...

#गाउँ #बाढी #भोटेकोशी
Compare →
Onlinekhabar
17h ago
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै …

#कटान #जोखिम
Compare →
Ekantipur
2d ago
गाउँको तिहार, परदेशको तिहार

गाउँको तिहार, परदेशको तिहार

विदेशमा बिताएका धेरै वर्षमध्ये तिहारकै दिन टीका लगाउने अवसर एक वर्ष मात्र जुरेको छ। अन्य वर्ष निधार खाली नै रहे ।

#गाउँ
Compare →
Bizshala
11h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Education & Youth
Build #2611