Trending
Prev Story
Next Story

६ वटा निर्माण कम्पनी परे कालोसूचीमा, एकदेखि तीन वर्षसम्म प्रतिबन्ध

Arthasansar •
October 15, 2026 • 11:08 AM
1
1 reads 0 reactions

सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक...

६ वटा निर्माण कम्पनी परे कालोसूचीमा, एकदेखि तीन वर्षसम्म प्रतिबन्ध

सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार उनीहरूलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले प्रकाशित सूचनाअनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

धनुषाको मिथिला नगरपालिकाको सिफारिसमा दिपेन्द्र कुमार यादवको शुहानी निर्माण सेवा प्रालि, शम्भु मरबैताको मरबैता कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि र एस.एन.एस.एम.सी.सी. जेभी, जनकपुर–१४ लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतको सिफारिसमा कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित नागवंशी कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति दुर्गा बहादुर बडुवाल हुन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको सिफारिसमा इन्फो डेभलपर्स प्रालि, भूपधी टेक्नो सर्भिसेज प्रालि र एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन्स प्रालिको संयुक्त उपक्रम (जेभी) लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त जेभीमा उमेश रघुबंशीको इन्फो डेभलपर्स प्रालि, दीपक मेकाको भूपधी टेक्नो सर्भिसेज प्रालि र दीपक श्रेष्ठको एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन्स प्रालि संलग्न छन् ।

पर्वतको पैयूँ गाउँपालिकाको सिफारिसमा निरज प्रसाद तिवारीको किङ्गस कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यसैगरी, सडक विभागको हाइवे व्यवस्थापन सूचना प्रणालीअन्तर्गत सूचना तथा सञ्चार प्रविधि शाखा, चाकुपाट, ललितपुरको सिफारिसमा विष्णु श्रेष्ठको शुभश्री टेक्नोलोजिज प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन, भक्तपुरको सिफारिसमा इन्द्र बहादुर थापाको कान्तिपुर इन्फ्रास्ट्रक्चर एण्ड सप्लायर्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
अमेरिकाको प्रतिबन्ध हुँदाहुँदै चीनले किन किन्यो एनभिडियाको शक्तिशाली एआई चिप? बाहिरियो खरिदको विवरण

अमेरिकाको प्रतिबन्ध हुँदाहुँदै चीनले किन किन्यो एनभिडियाको शक्तिशाली एआई चिप? बाहिरियो खरिदको विवरण

काठमाडौं । अमेरिकाले निर्यातमा प्रतिबन्ध लगाएको एनभिडियाको शक्तिशाली एआई चिप चीनको एक विश्वविद्यालयले खरिद गरेको तथ्य सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रमा चर्चा सुरु भएको छ। रोयटर्सका...

#खरिद #प्रतिबन्ध
Compare →

Related Stories

Business & Economy
Build #2611