Trending
Prev Story
Next Story

कालिकञ्चोक दर्शनको वित्तीय अवस्था : खुद नोक्सानी बढ्दै, अन्य सूचक कस्ता ?

Arthasansar •
November 04, 2026 • 07:04 AM
1
1 reads 0 reactions

कालिकञ्चोक दर्शन लिमिटेडको नोक्सानी बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा...

कालिकञ्चोक दर्शनको वित्तीय अवस्था : खुद नोक्सानी बढ्दै, अन्य सूचक कस्ता ?

कालिकञ्चोक दर्शन लिमिटेडको नोक्सानी बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा नोक्सानी बढेको हो ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी ४५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यस्तो नोक्सानी गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ लाख ८६ हजार रुपैयाँ रहेको थियो । यस नोक्सानीको मुख्य कारण यस वर्षको वर्षायाममा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा यसले पर्यटन आगमनमा पारेको प्रत्यक्ष नकारात्मक प्रभाव भएको वित्तीय विवरणमा उल्लेख छ । बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटकहरूको आवागमन घटेको र कम्पनीको केबलकार तथा अन्य व्यावसायिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुन नसकेको व्यवस्थापनले जनाएको छ ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालनबाट हुने आम्दानी घटेर ४२ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत वर्षको सोही अवधिमा ७२ लाख ८७ हजार रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफातर्फ पनि कम्पनी ६३ लाख ५४ हजार रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको छ । कम्पनीको चुक्ता पुँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ । वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ५० पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
9h ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#नोक्सानी #वित्तीय
Compare →
Hamro Patro News
1d ago
पाथीभरामा दर्शनार्थीको भीड

पाथीभरामा दर्शनार्थीको भीड

काठमाडौं : ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन्। सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज ...

#दर्शन
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#वित्तीय
Compare →
Nagarik News
2d ago
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

#वित्तीय
Compare →
Onlinekhabar
5d ago
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2611