Trending
Prev Story
Next Story

हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

Ekantipur •
November 13, 2026 • 06:02 AM
1
1 reads 0 reactions

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, क्षति तथा नोक्सानीको क्षतिपूर्ति, वैज्ञानिक अनुसन्धान र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिएको छ ।

हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, क्षति तथा नोक्सानीको क्षतिपूर्ति, वैज्ञानिक अनुसन्धान र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिएको छ ।

काठमाडौँ — कोप–३१ मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका चुनौती र जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्न जोड दिएको छ । नेपाल र भुटानले संयुक्त रूपमा अघि सारेको अवधारणापत्रमा जलवायु वित्तदेखि हिमनदीको वैज्ञानिक अध्ययन र क्षति तथा नोक्सानीको क्षतिपूर्तिसम्मका विषय समेटिएका छन् । तर प्रभावशाली मुलुकहरूको समर्थन नजुट्दा यी विषयले औपचारिक वार्तामा अपेक्षित स्थान पाउन सकेका छैनन् ।

नेपालले उठाएका मुख्य पाँच एजेन्डा यस्ता छन् :

जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, अनुकूलन, उत्थानशील पूर्वाधार निर्माण र दिगो जीविकोपार्जनका लागि नेपालले अनुदानमा आधारित जलवायु वित्तको माग गरेको छ । जलवायु परिवर्तनमा कम योगदान भए पनि त्यसको असर बढी भोगिरहेका पर्वतीय देशलाई ऋणको भार थप्नेभन्दा अनुदान उपलब्ध गराउनुपर्ने नेपालको प्रस्ताव छ । यस्तो वित्त पूर्वानुमानयोग्य र सहज रूपमा प्राप्त गर्न सकिने हुनुपर्नेमा पनि जोड दिइएको छ ।

२. क्षति तथा नोक्सानीको क्षतिपूर्ति

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भइरहेको क्षति र नोक्सानी सम्बोधन गर्न भरपर्दो वित्तीय व्यवस्था आवश्यक रहेको नेपालको माग छ । जलवायु संकटबाट प्रभावित जोखिममा रहेका समुदायले क्षतिबापतको आर्थिक स्रोत छिटो, प्रत्यक्ष र न्यायोचित रूपमा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने प्रस्ताव गरिएको छ । यसका लागि हानि तथा नोक्सानी कोषको वित्तीय सहयोगमा शीघ्र पहुँच सुनिश्चित गर्न नेपालले जोड दिएको छ ।

३. हिमनदीको वैज्ञानिक अध्ययन र अनुगमन

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका परिवर्तन र जोखिमको वैज्ञानिक अध्ययन गर्न नेपालले अन्तर्राष्ट्रिय सहयोग मागेको छ । उच्च हिमाली क्षेत्रमा हिमनदीको नियमित अनुगमन, भूउपग्रहबाट अवलोकन र क्षेत्रीय तथ्यांक आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने प्रस्ताव छ । यसले हिमाली क्षेत्रमा तापक्रम वृद्धिको प्रभाव बुझ्न र भविष्यमा आउन सक्ने विपद्बारे पूर्वतयारी गर्न सहयोग पुग्ने नेपालको अपेक्षा छ ।

४. बहुप्रकोपीय पूर्वसूचना प्रणाली र प्राविधिक सहयोग

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने विभिन्न विपद्को जोखिम न्यूनीकरण गर्न बहुप्रकोपीय पूर्वसूचना प्रणाली बलियो बनाउनुपर्ने नेपालको माग छ । यसका लागि अनुसन्धान, प्रविधि र प्राविधिक सहयोग आवश्यक रहेको नेपालले औंल्याएको छ । विशेषगरी जोखिममा रहेका हिमाली समुदायलाई सम्भावित विपद्बारे समयमै जानकारी दिने र त्यसअनुसार तयारी गर्न सक्ने क्षमता विकासमा नेपालले जोड दिएको छ ।

५. हिमाली क्षेत्रका विशिष्ट जोखिमलाई औपचारिक मान्यता

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना (यूएनएफसीसीसी) अन्तर्गत हिमाली क्षेत्रका विशिष्ट जोखिमलाई राजनीतिक तथा औपचारिक मान्यता दिन नेपाल र भुटानले प्रस्ताव गरेका छन् । हिमाली पारिस्थितिक प्रणालीको संवेदनशीलता, तापक्रम वृद्धिको प्रभाव र पर्वतीय समुदायले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको छुट्टै प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने उनीहरूको माग छ । यससँगै १.५ डिग्री सेल्सियसको तापक्रम सीमा कायम राख्ने गरी कार्बन उत्सर्जन कटौती र अल्पकालीन जलवायु प्रदूषक नियन्त्रणमा पनि नेपालले जोड दिएको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #हिमाली #कोप
Compare →
Hamro Patro News
12h ago
मुस्ताङको जलवायु पीडा सुनाउन घरपझोङ नेतृत्व कोप–३१ मा

मुस्ताङको जलवायु पीडा सुनाउन घरपझोङ नेतृत्व कोप–३१ मा

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र स्थानीयवासीले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख ...

#जलवायु #हिमाली #परिवर्तन
Compare →
Nagarik News
14h ago
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#जलवायु #हिमाली #जोखिम
Compare →
Onlinekhabar
1d ago
जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?

जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?

जलवायु परिवर्तन आज वातावरण संरक्षणको विषय रहेन । यो विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीति, सामाजिक न्याय र विकासको अधिकारसँग जोडिएको गम्भीर सवाल बनेको छ। पृथ्वीको तापक्रम बढ्नु, हिमनदी पग्लिनु, समुद्री सतह उकासिनु, भूमिगत जल सतह घट्नु, …

#जलवायु #परिवर्तन
Compare →

Related Stories

Science & Climate
Build #2611