Trending
Prev Story
Next Story

रोमामाथि युनाइटेडको उत्कृष्ट पुनरागमन जित

Ekantipur •
November 04, 2026 • 01:02 AM
1
1 reads 0 reactions

म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ ।

रोमामाथि युनाइटेडको उत्कृष्ट पुनरागमन जित

म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ ।

काठमाडौँ — म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो ।

यसका लागि उसले भिल्लारियलमाथि ६–० को जित निकालेको हो । म्याथिस सोल र डोनयेल मालेनको गोलमा रोमाले दुई गोलको अग्रता लिएको थियो र युनाइटेड ओल्ड ट्राफोर्डमा एक अर्को हारतर्फ अग्रसर देखिएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट पहिलो गोल फर्काए ।

म्याथस कुन्हाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि युनाइटेडको जित सम्भव भएको हो र यसले घरेलु समर्थकबीच खुसीयाली छाएको थियो । पछि उनी रातो कार्डमा मैदानबाट पनि बाहिरिए । फ्रान्सेली च्याम्पियनका लागि भने फाबिन रुइजले दुई गोल गरे ।

यस्तै बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलान भने फायनउडमाथि ३–० ले विजयी रह्यो । बार्सिलोना पनि एस्टन भिल्लामाथि ३–० को जित रच्न सफल रह्यो ।

त्यसमा राफिन्हाले दुई र लामिन यामलले एक गोल गरे । यस्तै अन्य खेलमा गालातासारेले स्टुटगार्टलाई २–०, स्पोर्टिङ लिस्वनले साख्तर डोनेस्कलाई १–० र एलएएसकेले स्लोभान ब्राटिस्लाभलाई ४–० ले हरायो । बोडो/गिल्मट र लिलले भने गोलरहित बराबरी खेले ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
20h ago
ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार गरे!

ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार गरे!

म्यानचेस्टर युनाइटेडका कप्तान तथा पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेसले क्लबले गरेको सम्झौता नवीकरणको दोस्रो प्रस्तावसमेत अस्वीकार गरेको खबर सार्वजनिक भएको छ। क्लबसँगको सम्झौता लम्ब्याउने विषयमा छलफ...

#म्यानचेस्टर #युनाइटेड
Compare →
Arthasansar
1d ago
म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक...

#म्यानचेस्टर #युनाइटेड
Compare →

Related Stories

Sports
Build #2611