Trending
Prev Story
Next Story

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

Arthasansar •
November 12, 2026 • 01:04 PM
1
1 reads 0 reactions

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक...

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक पद छाडेको आधिकारिक जानकारी दिएको हो।

क्यारिक गत जनवरीमा पुनः क्लबमा आबद्ध भएका थिए। उनको प्रशिक्षणमा युनाइटेडले सन् २०२५/२६ सिजनको अन्तिम १७ प्रिमियर लिग खेलमध्ये १२ खेलमा जित निकालेको थियो। उक्त प्रदर्शनका आधारमा टोलीले लिगमा तेस्रो स्थान हासिल गरेको थियो। सो अवधिमा लिगका अन्य टोलीको तुलनामा युनाइटेडले सबैभन्दा बढी अंकसमेत जोडेको क्लबले जनाएको छ।

तर, नयाँ सिजनको सुरुवात अपेक्षाअनुसार हुन नसकेपछि क्लबले प्रशिक्षक परिवर्तन गर्ने निर्णय गरेको हो। क्लबका अनुसार आफ्नो दीर्घकालीन लक्ष्य हासिल गर्न अहिले परिवर्तन आवश्यक देखिएको छ।

क्लबले क्यारिकलाई म्यानचेस्टर युनाइटेडको सधैँका लागि एक महत्वपूर्ण व्यक्तित्वका रूपमा सम्मान गर्ने जनाएको छ। खेलाडीका रूपमा क्लबमा रहँदा देखाएको समर्पण र व्यावसायिकता उनले प्रशिक्षकको भूमिकामा फर्किएपछि पनि कायम राखेको भन्दै क्लबले उनको नेतृत्व र गत सिजनको उपलब्धिलाई स्मरणीय उपलब्धिका रूपमा उल्लेख गरेको छ।

क्यारिकको स्थानमा स्थायी प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया क्लबले अघि बढाएको छ। सकेसम्म छिटो नयाँ प्रशिक्षक नियुक्त गर्ने युनाइटेडको योजना छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
23h ago
सकियो माइकल क्यारिकको म्यानचेस्टर युनाइटेड यात्रा! आँखाभरि आँसु लिएर क्यारिङ्टनबाट बाहिरिए

सकियो माइकल क्यारिकको म्यानचेस्टर युनाइटेड यात्रा! आँखाभरि आँसु लिएर क्यारिङ्टनबाट बाहिरिए

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकलाई क्लबले आधिकारिक रूपमा बर्खास्त गरेको छ। अन्तर्राष्ट्रिय विश्रामका क्रममा खेलाडीहरूसँग अन्तिम प्रशिक्षण सत्र सञ्चालन गरेपछि क्यारिकले क्यारिङ...

#क्लब #युनाइटेड #क्यारिक
Compare →
Nagarik News
1w ago
असहज र अनिश्चिततामा युनाइटेड

असहज र अनिश्चिततामा युनाइटेड

खेलाडी जीवनको सुरुआती चरणमा क्यारिकले वेस्ट ह्यामसँगै एकपटक रेलिगेसनको पीडा भोगेका थिए।

#युनाइटेड #क्यारिक
Compare →
Ekantipur
4d ago
युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड दुईपटक दुई गोलले पछाडि परे पनि इन्ज्युरी समयमा जोसुआ जिरकिज र प्याट्रिक डोरगुले गोल गर्दै टोलीलाई अंक दिलाए।

#युनाइटेड
Compare →
Onlinekhabar
1w ago
दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल …

#युनाइटेड
Compare →

Related Stories

Sports
Build #2612